अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४५ | Colorodo: 21:00

म्याङ्खुट आँधीका कारण फिलिपिन्समा ६५ जनाको मृत्यु, चीनमा पनि आँधीको प्रभाव

बिआरटीनेपाल २०७५ असोज १ गते ९:३१ मा प्रकाशित

फिलिपिन्समा म्याङ्खुट नामक आँधीका कारण कम्तीमा ६५ जनाको ज्यान गएको छ । सो शक्तिशाली एवं विध्वंसात्मक आँधी पछिल्लो समय हङकङ हुँदै चीन पुगेको छ । आँधीले चीनको सबैभन्दा धेरै जनसंख्या भएको ग्वाङडुङ प्रान्तलाई प्रभावित पारेको अधिकारीहरुले जनाएका छन् । प्रतिघण्टा १६२ किलोमिटरको गतिमा चलेको आँधीले जनजीवनलाई अस्तव्यस्त परेको छ ।

उक्त आँधी जेङमेन शहर नजिकै चिनियाँ तटबाट प्रवेश गरेको चिनिया संचारमाध्यमहरुले जनाएका छन् । आँधी प्रवेश गरेपछि ग्वाङडुङबाट हजारौं मानिसलाई हटाइएको छ । अधिकारीहरुले उच्च सतर्कता जारी गरेका छन् । मानिसहरुलाई घरभित्रै बस्न आग्रह गरिएको छ । आँधीसँगै भारी वर्षासमेत भएको जनाईएको छ । म्याङ्खुट आँधीलाई सन् २०१८ कै शक्तिशाली मानिएको छ । आँधीले हङकङलाई समेत तहसनहस पारेको थियो । आँधीकै कारण हङकङका गगनचुम्बी घरहरु हल्लेका थिए भने कतिपय घरका भ्यालहरु उडाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू