अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३३ | Colorodo: 03:48

निर्मलाका बाबुआमालाई प्रधानमन्त्रीकै अगाडि अपमान, राष्ट्रपतिले भेट्नै मानिनन्

बिआरटीनेपाल २०७५ असोज १ गते ९:१० मा प्रकाशित

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि भौतारिरहेका बाबुआमालाई प्रधानमन्त्री निवासमा अपमानजनक व्यवहार भएको छ ।नयाँ पत्रिका देनिकबाट

सोमबार प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र दिन जाने क्रममा उनीहरु माथि अपमानजनक व्यवहार भएको हो । प्रधानमन्त्री ओलीसँग भेट गर्न जाँदा नेकपाका नेताहरुले नै अपमानजनक व्यवहार गरेको बाबुआमा सँगै पुगेकी मानवअधिकारकर्मी मिना भण्डारीले बताइन् ।

‘नेकपाका नेता कर्ण थापाले हामी र निर्मलाका आमाबुवालाई अपमानजनक व्यवहार गर्नुभयो, तिमीहरु बाहिरबाट परिचालित छौ भनेर प्रधानमन्त्रीकै अगाडि भन्नुभयाे’, उनले भनिन् । आफुहरुलाई सुरक्षाकर्मी लगाएर बाहिर निकाल्न खोजिएको र निर्मलाकी आमा हुँ भनेपछि सुरक्षाकर्मी सतर्क भएको निर्मलाकी आमाले बताइन् ।

राष्ट्रपतिले भेट्नै मानिनन्
निर्मला पन्तका आमाबाबुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले भेट गर्न अस्विकार गरेकी छन् । पन्त दम्पतिले भेट गर्न खोज्दा भण्डारीले समय दिन नमानेको उनीहरुको गुनासो छ । १० दिन देखि भण्डारीलाई भेट्न खोज्दा आफुहरुलाई समय नै नदिएको निर्मलाका बाबुआमाले गुनासो गरे ।
न्यायका निम्ति विशिष्ट व्यक्तिहरुसँग भेट गर्न काठमाडौं आएका उनीहरुले भण्डारीसँग पनि भेट गर्न प्रयास गर्दा पनि समय नदिएको निर्मलाकी आमाले गुनासो गरिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू