अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०१ | Colorodo: 13:16

राजधानी आएर पनि न्याय पाइएन भन्दै सडकमै रोए निर्मलाका बाबु, भावुक हुँदै रवि लामिछानेले यसरी सम्झाए

बिआरटीनेपाल २०७५ भदौ ३१ गते ९:१७ मा प्रकाशित

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको परिवार अहिले न्याय खोज्दै सिंहदरबारको ढोका ढक्ढकाइरहेको छ । जिल्लामा रहँदा आफ्नो आवाज कसैले नसुनेपछि न्यायको गुहार माग्न राजधानी आउनु परेको पन्तका बुबा यज्ञराज र दुर्गादेवीको दुखेसो छ ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तका निम्ति न्याय अभियानअन्तर्गत शनिवार काठमाडौँमा प्रदर्शन भएको छ। निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै अभियन्ताहरूले उक्त प्रदर्शन गरेका हुन्।

‘निर्मलाका निम्ति न्याय’ अभियानमा सहयोग पुर्‍याउन स्वतः: स्फूर्त रूपमा यो कार्यक्रम आयोजना गरिएको हो। प्रदर्शनकारीले मौन बसेको सरकार किन बढ्दैछ बलात्कार?,सरकार देखाऊ इच्छा खै त महिला सुरक्षा?,सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारीलगायतका प्लेकार्ड बोकेर विरोध जनाएका हुन्।

‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएको हो । दोषी पत्ता लगाई कारबाही गर्न सरकारलाई दबाब दिन यो प्रदर्शन भएको हो । गत साउन ११ गते निर्मला पन्तको शव उखुवारिमा मृत अवस्थामा फेला परेको थियो। घटना भएको २ महिना बित्न लाग्दा पनि प्रहरीले अपराधीलाई नियन्त्रणमा लिन सकेको छैन । यता, शुक्रवार सङ्घीय संसद्मा सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले हत्याका दोषी छिट्टै कानुनी कठघरामा आउने जानकारी दिएका थिए। यसअघि पनि माइतीघर मण्डलामा निर्मलाका निम्ति न्याय माग्दै मौन विरोध प्रदर्शन गरिएको थियो। देशभरका विभिन्न ठाउँमा निर्मलाका निम्ति न्याय माग्दै प्रदर्शन भइरहेको छ। 

प्रतिक्रिया