अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१२ | Colorodo: 04:27

समुद्री आँधीमा परेर कम्तीमा ५ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ भदौ २९ गते २१:४२ मा प्रकाशित

अमेरिकाका पूर्वी तटीय क्षेत्रमा आएको फ्लोरेन्स नामक शक्तिशाली समुद्री आँधीमा परेर हालसम्म कम्तिमा ५ जनाको मृत्यु भएको छ । आँधीका कारण त्यहाँका ६ लाख घरमा विद्युत् सेवा अबरुद्ध भएको अधिकारीहरुले जनाएका छन् । आँधीकै कारण उत्तरी क्यारोलिना, दक्षिणी क्यारोलिना र भर्जिनियाको तटीय इलाकाका रहेका झन्डै १७ लाख व्यक्तिलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ ।

भिडियो

जोखिमयुक्त क्षेत्रका विमानस्थलहरु बन्द गरिएको छ । यसको बाबजुद कयौं मानिसहरु प्रभावित क्षेत्रमै फसेका छन् । फसेकाहरुलाई उद्दारको प्रयास भइरहेको छ । प्रतिघण्टा १ सय १० किलोमिटरको रफ्तारमा आएको आँधीसँगै भीषण वर्षासमेत भइरहेको छ । आँधीका कारण प्रभावित क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । अवरुद्ध विद्यु्त् आपूर्ति सुचारु गर्न एक हप्तासम्म लाग्ने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू