अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

एपलको नयाँ आइ फोन सार्वजनिक

बिआरटीनेपाल २०७५ भदौ २८ गते ९:३० मा प्रकाशित

एप्पलले एकै पटक तीन किसिमका नयाँ आइ फोन बुधवार सार्वजनिक गरेको छ । बिक्रीमा सामान्य कमी आइरहेको समयमा एप्पलले बजार विस्तार गर्ने उद्देश्यले नयाँ मोडलका साथै सर्वाधिक महङ्गा आइ फोन बजारमा ल्याएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले गत वर्ष सार्वजनिक गरिएको आइ फोन एक्सभन्दा ठुलो स्क्रिन भएको आइ फोन एक्सएस म्याक्स सार्वजनिक गरेका छन् । यसलाई अमेरिकी बजारमा ११०० डलर पर्दछ । यसको मूल्य आइ फोन एक्सभन्दा १०० डलर बढी छ ।

म्याक्स मोडेल आइ फोन ८ प्लसकै हाराहारीको छ तर स्क्रीनको आकार केही ठुलो छ । कम्पनीका अनुसार उपभोक्ताले आइफोनका स्क्रीनहरु साना भएकाले फोटो र भिडियो खिच्न अप्ठ्यारो भएको गुनासो गर्दै आएका थिए ।

एप्पलले बुधवार नै आइ फोन एक्सआर मोडेल सार्वजनिक गरेको छ । अक्टोबर १९ बाट अर्डर गर्न सकिने तर बजारमा अक्टोबर २६ मा आउने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू