अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३८ | Colorodo: 18:53

आजका पत्रपत्रिकाका सम्पादकीय: ‘शंकाको घेरामा प्रहरी’

बिआरटीनेपाल २०७५ भदौ २७ गते १९:५५ मा प्रकाशित

आजको नगारिक दैनिकमा प्रहरी प्रशासनको पारा शिर्षकमा सम्पादकीय छ, निर्मला हत्या प्रकरण त एउटा सानो अंश टिप अफ त आईबर्ग मात्र हो । 
यो जस्तै सार्वजनिक चर्चामा नआएका तमाम घटनाक्रम छन् ।
नेपाल प्रहरीको कार्यकक्षतामा सुधार गर्ने हो भने सबैभन्दा पहिले यसमा भईरहेको राजनीतिकरणको अन्त्य हुनु आवश्यक छ ।
प्रहरी नेतृत्वमा पुग्न राजनीतिक नेतृत्वको व्यावसायिक क्षमता क्षीण भएको छ ।

त्यस्तै, नयाँ पत्रिकाले शकाको घेरामा प्रहरी शिर्षकमा सम्पादकीय छापेको छ ।, कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या भएको सात हप्ता पुरा हुँदा पनि उक्त बलात्कार र हत्याकाण्डको अभियुक्त पत्तो लागेको छैन ।
कञ्चनपुर घटनामा जनतालाई शान्ति सुरक्षा दिने जिम्मेवारमा रहेको प्रहरी नै असहयोगी र अपराध अनुसन्धानमा बाककमा रुपमा देखा परेको छ ।

त्यस्तै, आजको कान्तिपुर दैनिकमा चुरेमा चाहिँदो नचाहिँदो शिर्षकमा सम्पादकीय लेखेको छ, उसै पनि चुरे कोमल छ, फसफुस जाने किसिमको । बनावट र वातावरण दुवै कमजोर ।
जति चलायो, उति समस्या । माटो, बालुवा र गेगर निस्कन्छ ।
अनि पहिरो जान्छ ।
यसले तराईका नदीहरुको सतह थप्दै लान्छ ।
बाढीको सतह बढछ ।
राजमार्गमा पुलहरु अहिले नै पुरिन लागिसके । नदी माथिबाट बग्छ, गाउँ तल छ ।
प्रतिबर्ष २०, २५ सेन्टिमिटर पुरिँदै छ ।

र आजको कारोवार दैनिकमा देशैभरि स्थायी सहुलियत बजार शिर्षकमा सम्पादकी छ, खासगरी सरकाको लोककल्याणकारी भुमिका अपेक्षा गरिएका अर्थतन्त्रहरुमा सरकारी तबरबाटै सहुलियत बजारहरु सञ्चालन गर्ने प्रचलन छ ।
सरकारी सस्थानहरु मात्रको सहभागिता होईन, निजी क्षेत्रले समेत आफ्नो व्यावसायिक उत्तरदायित्वअन्र्तगत यस्ता सहुलियत बजारहरुमा सहभागिता जनाई सस्तो, सहज र सहुलियतपुर्ण आपुर्तिको व्यवस्था मिलाउनु आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू