अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 15:28

भारतीय कांग्रेसका अध्यक्ष राहुल एक सातापछि सुटुक्क काठमाडौं आएर दिल्ली फर्किए

बिआरटीनेपाल २०७५ भदौ २५ गते १९:२५ मा प्रकाशित

काठमाडौं । तीर्थाटनका लागि भदौ १५ मा काठमाडौं हुँदै ल्हासा पुगेका भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी एक सातापछि आइतबार सुटुक्क काठमाडौं भएर दिल्ली फर्केका छन् । उनी आइतबार दिउँसो करिब साढे दुई बजेको इन्डिगो एयरलाइन्सको उडानबाट दिल्ली फर्केका हुन् । उनी आठ रात तिब्बतमा बसेर नेपाल फर्केका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतका अनुसार अध्यक्ष राहुल आइतबार बिहान ल्हासाबाट काठमाडौं आएका थिए । उनले पशुपतिनाथ मन्दिर दर्शन गरे कि गरेनन् भन्ने पुष्टि हुन सकेको छैन । तर पशुपतिनाथ मन्दिर दर्शन गर्ने उनको पूर्ववत योजना रहेको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू