अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४३ | Colorodo: 18:58

धूवाँ फ्याक्ने सवारीलाई कारबाही भएन

बिआरटीनेपाल २०७५ भदौ २२ गते १९:१० मा प्रकाशित

काठमाडौं – सवारी साधनले अत्याधिक रुपमा धुवाँ फ्याक्ने क्रम बढेपछि धुवाँ नियन्त्रण गर्न यातायात व्यवस्था विभागले भदौ १ गतेबाट नयाँ निमय लागू गरेपनि नियम प्रभावकारी बन्न नसकेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

सरकारले लागू गरेको नियमको धज्जी उडाउदै काठमाडौ उपत्यकामा अहिले पनि निर्वाध रुपमा धुवाँ फयाक्दै सवारी साधन गुडने गरेका छन् ।

सरकारले भदौ १ गतेबाट ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका भित्र सञ्चालन हुने सवारी साधनका लागि नयाँ स्ट्रिकर लागू गरेको छ । तर सवारी साधनले नयाँ स्ट्रिकर बिना नै चल्ने गरेका छन् ।

यातायात व्यवस्था विभागले अत्याधिक रुपमा धुवाँ फ्याक्ने सवारी साधनलाई कारवाहीका लागि ट्राफिक प्रहरी महाशाखालाई पत्राचार पनि गरिसकेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू