अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

खोसियो विद्यार्थीको खाजा ! नदिने मन्त्रिपरिषदको निर्णय

बिआरटीनेपाल २०७५ भदौ २० गते १९:०० मा प्रकाशित

२०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम मन्त्रिपरिषदले कटौती गर्ने निर्णय गरेपछि १३ लाख बालबालिका प्रभावित हुने भएका छन् । 

२०५२ देखि चलिरहेको राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्लुएफपी को सहयोगमा चलिरहेको शिक्षाका लागि खाद्य परियोजना पनि प्रभावित हुने भएको छ ।

यो कार्यक्रमअन्र्तगत २ लाख ६० हजार बालबालिकाले दिवाखाजा पाउँदै आएका छन् ।

सविधानले प्राथमिक शिक्षालाई अनिवार्य र माध्यमिकलाई निशुल्क गरेलगत्तै सरकारले दिवाखाजा कार्यक्रम कटौती गरेको हो ।, आजको कान्तिपुरदैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू