अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२३ | Colorodo: 20:38

इजिप्टमा सुरक्षा कारवाही, २० जना जियादीको मृत्यु

बिआरटीनेपाल २०७५ भदौ १४ गते ९:१३ मा प्रकाशित

इजिप्टको सेनाले गरेको पछिल्लो सुरक्षा कारबाहीका क्रममा २० जना जियादीको मृत्यु भएको छ । सेनाको पश्चिमी डिजर्ट र सिनाइ पेनिन्सुलामा सञ्चालन गरेको पछिल्लो सुरक्षा कारबाहीमा २० जना जियादीको मृत्यु भएको हो ।

जियादीहरुले लिबियासँगको सीमा क्षेत्रमा अवरोध गरेकाले सेनाले केही दिनदेखि सुरक्षा कारबाही बढाएको सैन्य अधिकारीले जनाएका छन् । यस वर्ष चलाइएको सुरक्षा कारबाहीमा परी अहिलेसम्म झन्डै ३०० शंकास्पद जियादी र त्यस क्रममा करिब ३५ जना सुरक्षाकर्मी मारिएको सैन्य अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू