अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५४ | Colorodo: 23:09

गायिका शोभा केसीको तिज गीत “नारीलाई हेप्ने दिन गए बरिलै”सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७५ भदौ १० गते ९:३४ मा प्रकाशित

काठमाडौँ, नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तिजको अवसरमा गायिका शोभा केसीले यो वर्ष पनि तिज गीत “नारीलाई हेप्ने दिन गए बरिलै” को म्युजिक भिडियो सार्वजनिक गरेकी छिन । विगत लामो समय देखि साङ्गीतिक क्षेत्रमा अनवरत रूपमा लागि परेकी गायिका शोभा केसी सुमधुर आवाजकी धनी छिन ।

रमा अधिकारीको शब्द, सङ्गीतकार दुर्गा साउदको सङ्गीत तथा गायिका शोभा केसीको आवाज रहेको यस गीतको म्युजिक भिडियोमा बरिष्ट कलाकार उत्तम केसी, रश्मि भट्ट, सुभेच्क्षा थापा, धुर्ब राज थापा, श्याम रंजित, जीवन थापा र सलिना सुवेदीले अभिनय गरेका छन् । निर्देशक गौरव गिरीले निर्देशन गरेको यस भिडियोलाई टङ्क केसीले छायाङ्कन गरेका हुन् । 

प्रतिक्रिया