अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२५ | Colorodo: 04:40

जिम्बावेको राष्ट्रपतीय निर्वाचनमा धाँधली नभएको अदालतको ठहर

बिआरटीनेपाल २०७५ भदौ ९ गते ९:४२ मा प्रकाशित

जिम्बावेको उच्च अदालतले प्रतिपक्षीद्वारा राष्ट्रपतीय निर्वाचन परिणामलाई लिएर दायर गरिएको मुद्दाको विपक्षमा फैसला सुनाएको छ । फैसलामा निर्वाचनमा भएको धाँधली सम्वन्धी अध्ययनमा अदालतको अन्तिम निश्कर्ष निवेदकले लगाएका आरोपलाई पुष्टि गर्ने खालको नभएको पाइएको उल्लेख छ । प्रधानन्यायाधीश लुक मालालाले आफ्नो आदेशमा हरारेस्थित संवैधानिक अदालतमा भनेका छन– ‘निर्वाचनमा भएको धाँधलीसम्वन्धी अध्ययनमा अदालतको अन्तिम निश्कर्ष निवेदकले लगाएका आरोपलाई पुष्टि गर्ने प्रत्यक्ष, प्रशस्त र विश्वसनीय आधार नभेटिएको ठहर गरेको छ ।’

गत जुलाई ३० मा भएको राष्ट्रपतीय निर्वाचनमा इमर्सन दाम्बुड्जो नानगाग्वा निर्वाचित भएको अदातलले ठहर गरेको छ । विश्लेषकहरूले अदालतको फैसला विपक्षीको पोल्टामा जाने अनुमान गरिरहेका बेला अदालतको यस्तो निर्णय आएको हो । यसैबीच जिम्बावेका नवनिर्वाचित राष्ट्रपति नानगाग्वाले अदालतको फैसलाको स्वागत गर्नुभएको छ । निर्वाचन परिणामलाई लिएर विपक्षीले अदालतमा मुद्दा दायर गरेपछि जिम्बावेको निर्वाचन विवादमा परेको थियो । अदालतको फैसलासँगै विवादको किनारा लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू