अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२ | Colorodo: 04:37

अमेरिकामा आँधीसहितको वर्षा, हजारौं नागरिक विस्थापित

बिआरटीनेपाल २०७५ भदौ ८ गते ९:३६ मा प्रकाशित

अमेरिकाको हवाई प्रान्तमा भारी बर्षा र आँधीका कारण हजारौं मानिस विस्थापित भएका छन् । प्राकृतिक विपत्ति पछि सो प्रान्तमा आपतकालिन अवस्था घोषणा गरिएको छ । बाढी र पहिरोका कारण सयौं घर डुबानमा पर्नुका साथै दर्जनौं घर भत्केको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन । हवाई लगायत अलोहा शहर डुबानमा पर्दा शहरका अधिकांश स्कूल र कलेज बन्द गरिएका छन् । आन्तरिक र बाह्य उडान रद्द गरिएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन र विस्थापितलाई सुरक्षित स्थानतर्फ सार्न निर्देशन दिनुभएको छ । आँधीले थुप्रै सवारीसाधनमा क्षति पुग्नुका साथै सार्वजनिक यातायात अवरुद्ध बनेको छ । कतिपय स्थानमा बिद्युत आपूर्ति समेत बन्द भएको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू