अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०३ | Colorodo: 03:18

भेनेजुएलामा शक्तिशाली भूकम्प

बिआरटीनेपाल २०७५ भदौ ६ गते ९:३० मा प्रकाशित

भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ । ट्रिनियाड एन्ड टोबागोको नजिक तटीय क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७ म्याग्निच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । तर भेनेजुएलाका अधिकारीहरुले भने ६ दशमलव ३ म्याग्नेच्युटको भूकम्प गएको बताएका छन् ।

भूकम्पको झड्का भेनेजुएलाको राजधानी काराकासमा समेत महसुस गरिएको थियो । शक्तिशाली भूकम्प गएपछि मानिसहरुबीच भागदौड मच्चिएको जनाईएको छ । भुकम्पका कारण भेनेजुएलाका अधिकांश घर खाली गराइएको छ भने मानिसहरुलाई खुला ठाउँमा राखिएको छ ।

यसैवीच, भेनेजुयलाका गृहमन्त्री नेस्टर रेवेरोलले भूकम्पको झड्का देशभर महसुस गरिएको बताउनुभएको छ । उहाँले भूकम्पबाट भएको क्षतिको खबर भने अहिलेसम्म प्राप्त नभएको प्रतिक्रिया दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू