अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५३ | Colorodo: 06:08

अफगानिस्तानमा सुरक्षा कारवाही, ३० तालिबान विद्रोहीको मृत्यु

बिआरटीनेपाल २०७५ साउन २५ गते ९:३३ मा प्रकाशित

अफगानिस्तानमा तालिबान विद्रोही र सुरक्षाकर्मीबीचको दोहोरो भिडन्तमा ३० जना तालिबान विद्रोही मारिएका छन् । भिडन्तमा एकजना सुरक्षाकर्मीको पनि मृत्यु भएको जनाईएको छ । राजधानी काबुल र कान्दाहारको सीमा क्षेत्र गज्नी सहर आफ्नो नियन्त्रणमा लिएको तालिबान समूहलाई धपाउने क्रममा उक्त भिडन्त भएको अफगानी संचारमाध्यमहरुले जनाएका छन ।
अफगानी सुरक्षाकर्मी र तालिबान विद्रोहीबीच एक घन्टासम्म भएको भिडन्तमा थुप्रै घरहरुमा क्षति पुग्नुका साथै दर्जनौं सवारी–साधन ध्वस्त भएको समाचारमा उल्लेख छ । घटनामा ८ जना गैरसैनिक र ७ सुरक्षाकर्मी घाइते भएका छन् । घटनालगत्तै सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो समय तालिबान विद्रोहीले अफगानिस्तानका मुख्य–मुख्य सहरहरु कब्जामा लिने प्रयास गर्दा दोहोरो भिडन्तका घटना हुने गरेका छन । केही समयअघि तालिबान विद्रोहीले अफगानिस्तानको पश्चिमी सहर फराह आफ्नो कब्जामा लिएका थिए । यस्तै, सन् २०१५ मा उनीहरुले उत्तरको कुन्डुज आफनो नियन्त्रणमा दिन सफल भएका थिए । यी दुई वटै सहर तालिवानको कब्जामुक्त गर्नका लागि त्यहाँको सरकारी सेनाले कारवाहीलाई निरन्तरता दिंदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू