अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२४ | Colorodo: 23:39

इण्डोनेशियाको लोम्बोक टापुमा पुनः शक्तिशाली भूकम्प

बिआरटीनेपाल २०७५ साउन २४ गते ९:३१ मा प्रकाशित

इण्डोनेशियाको लोम्बोक टापुमा फेरि शक्तिशाली भूकम्प गएको छ । गत आइतवार १ सय ३१ भन्दा बढीको मृत्यु हुने गरी गएको भूकम्पका कारण भएको जनधनको क्षतीबारे यकिन तथ्यांक स्पष्ट नुहँदै आज फेरि ५ दशमलब ९ म्याग्नेच्यूडको भूकम्प गएको हो ।

जमिनभन्दा ३१ किलोमिटर तल केन्द्रविन्दु रहेको भूकम्पका कारण केही घर भत्किएको खबर छ । आइतवारको ६ दशमलब ९ म्याग्नेच्यूडको भूकम्पबाट प्रभावित लोम्बोक टापुका दशौं हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । भुकम्पका कारण केही गाउँ पूरै ध्वस्त भएका थिए । स्थानीय सञ्चारमाध्यहरुले भने मृतकको संख्या ३ सय ४७ भन्दा माथि रहेको जनाएका छन् ।
भुकम्पमा परी १४ सय मानिस घाईते भएको र १ लाख ५६ हजार मानिस विस्थापित भएको सरकारी तथ्यांक छ । आइतवारको भूकम्पपछि सयौं पराकम्प गएकाले यो भूकम्प पराकम्प हो वा नयाँ भन्ने यकिन भई नसकेको अधिकारीहरुले जनाएका छन् । आइतवारभन्दा दुई दिनअघि शुक्रवार पनि लोम्बोकमा गएको भूकम्पका कारण कम्तिमा १६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू