अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५९ | Colorodo: 18:14

साउदी अरबिया र क्यानडा तनाब– टोरोन्टोसँगको सम्पूर्ण हवाई उडान स्थगित

बिआरटीनेपाल २०७५ साउन २२ गते ८:४१ मा प्रकाशित

साउदी अरेविया र क्यानडाबीच कुटनीतिक तनाब बढिरहेको बेला साउदी अरेबियाले टोरोन्टोसँगको सम्पूर्ण हवाई उडान स्थगित गरेको छ । क्यानडाले साउदी अरबमा पक्राउ परेका नागरिक अगुवा र महिला अधिकारकर्मीको रिहाइको माग गरेपछि साउदीले यो पछिल्लो निर्णय गरेको हो ।

आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै क्यानडासँग सबै किसिमका व्यापार र लगानीसम्बन्धी कारोबार रोक्का गर्नुका साथै क्यानडाका राजदूतलाई देश निकाला गरिसकेको छ । साउदी अरेबियामा विभिन्न मानवअधिकारकर्मी पक्राउ परेकामा क्यानडाले गम्भीर चिन्ता व्यक्त गरेपछि दुई मुलुकको सम्बन्ध चिसिएको हो ।

पक्राउ पर्नेमा जेलमा रहेका ब्लगर राइफ बादवीकी बहिनी साउदी मुलका अमेरिकी महिला अधिकारकर्मी समार बादवी पनि छन् । बादवीले साउदी अरेबियामा राजकुमारहरूको दबदबा अन्त्य हुनुपर्ने माग गरेकी थिइन् ।तर, क्यानडाले विश्वभर मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको सहितको मानव अधिकारको पक्षमा वकालत जारी राख्ने वताउदै आएको छ । साउदी अरेबिया र क्यानडाबीच वार्षिक ३ विलियन डलर बराबरको कारोबार छ । क्यानडामा प्रत्येक वर्ष ५ हजार साउदी विद्यार्थी अध्ययनका लागि जाने गरेको तथ्यांक छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू