अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५३ | Colorodo: 15:08

भारतमा यात्रुवाहक बस दुर्घटना, ३३ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ साउन १३ गते ७:५९ मा प्रकाशित

विश्वविद्यालयमा कार्यरत् कर्मचारीहरूलाई लिएर पश्चिम भारतको हिमाली क्षेत्रमा गुडिरहेको बस दुर्घटना हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । महाराष्ट्र राज्यको राइगढ जिल्लामा भएको दुर्घटनामा परी वसमा सवार १ जनामात्रै वाँच्न सफल भएको भारतीय प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त बसले दापोली कृषि विश्वविद्यालयका कर्मचारीलाई लिइ प्रसिद्ध पहाडी वनभोजस्थल महावालेश्वर गएको थियो । मृतक सबैजनालाई स्थानीय वासिन्दा र प्रहरीको सहयोगमा दुर्घटनास्थलबाट उद्धार गरिएको थियो ।

भारतको पहाडी क्षेत्रमा रहेको कमजोर सडक संरचना, चालकहरूको लापरबाही र पूराना गाडीहरूका कारण देशभर हरेक वर्ष १ लाख ५० हजार यात्रीले ज्यान गुमाउने गर्छन् । यसै महिनाको सुरुमा पनि भारतको उत्तरी क्षेत्रमा भएको सडक दुर्घटनामा ४८ जनाको मृत्यु भएको थियो भने अन्य केही व्यक्ति घाइते भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू