अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२ | Colorodo: 12:57

शुक्रबार शताब्दीकै लामो चन्द्रग्रहण

बिआरटीनेपाल २०७५ साउन १० गते १९:२० मा प्रकाशित

शुक्रबार राति यो शताब्दिकै लामो पूर्णचन्द्र (खग्रास) ग्रहण लाग्दैछ । ३ घन्टा ५५ मिनेट रहने यो ग्रहण नेपालबाट देख्न सकिने छ । ग्रहण राति १२ बजेर ९ मिनेटमा सुरु हुनेछ भने १ बजेर १५ मिनेटमा चन्द्रमा पुरै ढाकिनेछ । ४ बजेर ४ मिनेटमा ग्रहण सकिनेछ ।कान्तिपूर दैनिक बाट

राति सवा एक बजेदेखि तीन बजेसम्म भने चन्द्रमा हल्का रातो रंगको देखिने छ। यसलाई ‘ब्लड मुन’ भनिन्छ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीले गौशालामा रहेका तीनवटा टेलिस्कोपबाट ग्रहण हेर्न चाहनेका लागि विशेष व्यवस्था मिलाएको देखिएको छ। सोसाइटीका अनुसार मौसम सफा रहे राति ११ बजेर ३० मिनेटदेखि बिहान ४ बजेर ३० मिनेटसम्म ग्रहण हेर्न सकिनेछ। नासाले सम्पूर्ण एसिया, युरोप, अफ्रिका र अस्ट्रेलियाबाट पनि यो खग्रास देख्न सकिने बताएको छ।
सन् १९५३ को २६ जुलाइमा २० औं शताब्दिको सबभन्दा लामो चन्द्रग्रहण (५ घन्टा २७ मिनेट) भएको थियो। यो ग्रहण १ सय १ मिनेट खग्रास थियो।
पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा जब सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आइपुग्छ, पृथ्वीको छायाँले चन्द्रमा ढाकिन्छ। यसरी ढाकिएको चन्द्रमा पृथ्वीबाट हेर्दा कालो देखिन्छ। यसैलाई चन्द्र ग्रहण भनिन्छ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू