अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:११ | Colorodo: 08:26

पाकिस्तानको निर्वाचनमा पूर्व क्रिकेटर इमरानको पार्टीलाई अग्रता

बिआरटीनेपाल २०७५ साउन १० गते ९:४५ मा प्रकाशित

पाकिस्तानको आम निर्वाचनको प्रारम्भीक मत गणनामा इमरान खान नेतृत्वको पार्टीआई अगाडि देखिएको छ। मतगणनाको प्रारम्भीक रुझान अनुसार पूर्व क्रिकेटर इमरान खानको पीटीआई ले १ सय १३ सिटमा अग्रता कायम गरेको छ।

यस्तै पाकिस्तान मुस्लीम लीग नवाज द्रोस्रो र पाकिस्तान पीपुल्स पार्टी तेस्रो स्थानमा छन्। पीपीएले ४३, एमक्यूएमले ५ र एमएमएले ९ स्थानमा अग्रता लिएको छ।

लाहोर र रावलपिन्डेका सडकमा पीटीआईका समर्थकले जुलुस निकाल्न थालेका छन्। पाकिस्तानको निर्वाचन आयोगले मौसम र प्रविधिका कारण मतगणनामा केही ढिलाई भएको बताएको छ।

पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टीले भने निर्वाचनमा धाधली भएको आरोप लगाएको छ। मुख्य निर्वाचन आयुक्त सरदार राजा खानले सबै आरोपको खारेज गरेका छन्। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू