अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३९ | Colorodo: 07:54

पोल्यान्ड र टर्कीमा नेपालको प्रस्तुति उत्कृष्ट

बिआरटीनेपाल २०७५ साउन ९ गते ९:३४ मा प्रकाशित

पोल्यान्ड, चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झन्डाका साथमा दौरा सुरुवाल ढाका टोपी साथै गुन्यु चोलीमा सजिएर कलाकार टोली स्टेजमा उक्लन्छन तब दशौ हजार दर्शकको तालीको गडगडाहटबाट सम्मान पाउँदा नेपाली हुनुमा गौरबवनित महसुस गर्दछन्, यो दृश्य हालै पोल्यान्ड र टर्की मा सम्पन्न अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०१८ को हो । 

पोल्यान्डको दुई छुट्टा छुट्टै लेग्निचा र क्रिनिचा सहरमा जुन २७ देखी जुलाई १३ सम्म सम्पन्न भएको International Folklore Festival “Świat pod Kyczera” साथै टर्कीको चनाकालेमा जुलाई १८ देखी जुलाई २३ सम्म सम्पन्न भएको International folk Dance Festival मा एभरेष्ट नेपाल कल्चरल ग्रुपले गौरबमय प्रदर्शन गरी नेपाल फर्केको छ।

पोल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा १२ राष्ट्रको १५ टोली सहभागिता रहेको थियो भने टर्कीमा सम्पन्न अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा १६ राष्ट्र बाट २२ सांस्कृतिक समूहले भागलिएको त्यस मेलामा नेपालको तर्फबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपले भाग लिएको थियो र ग्रुपका प्रमुख रामचन्द्र कोइरालाको समायोजन तथा ग्रुपका निर्देशकहरू शीतल आचार्य (सिता) र मिरज कोइरालाको निर्देशनमा गएको थियो। टोलीले मेला अवधिभर नेपालको परम्परागत लोक संस्कृति झल्काउने प्रस्तुति प्रस्तुत गरेको थियो । सो अन्तर्राष्ट्रिय मेलमा ग्रुपले झ्याउरे, तामाङ, झोडा, सतार, शेब्रु, धिमाल सोरठीका साथै दर्जनौँ नृत्यहरू प्रदर्शन गरियको थियो। 

मेलामा ग्रुपका प्रमुख रामचन्द्र कोइरालाका साथै निर्देशकहरू शीतल आचार्य सिता), मिराज कोइराला नृत्यतर्फ रुपिन डङ्गोल, शम्भु शाही, उदिराम खड्का, विधान कोइराला, प्रमिल रिजाल, अनिता अधिकारी, अनिश राना मगर, निशा राना मगर, पुर्नी माया बजगाईँ तथा वाद्यवादन तथा गायक गायिका तर्फ वरिष्ठ बसुरीबादक राम बहादुर भुजेल, गायक राम प्रसाद पाण्डे, वरिष्ठ वाध्यबादक धनेस्वोर तिवारी, गायिका रिता बुढाथोकी भुजेल, डेक प्रसाद अधिकारी (गोपाल), प्रदीप गुरुङ, फोटोग्राफएर नारायण राज सत्यालले गर्नु भएको थियो। मेला मा सहभागी कलाकारहरूलाई नृत्यहरू समायोजन उदिराम खड्का र शम्भु शाहीले गर्नु भयको थियो भने सङ्गीत समायोजन वरिष्ठ बसुरीबादक राम बहादुर भुजेल गर्नु भएको थियो।

सोही अवसरमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका निर्देशकद्वय शीतल आचार्य (सिता) तथा मिराज कोइरालाले पोल्यान्ड र टर्कीका विभिन्न सहरका नगरपालिका प्रमुख तथा उपस्थित सम्पूर्ण महानुभाव तथा कार्यक्रम आयोजकहरूसँग भेटी नेपालमा सांस्कृतिक पर्यटन प्रबर्द्धन गर्न सकिने बारे र भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रम सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगमा गर्न सकिने बताउनु भयो।

कतिपय राष्ट्रका नागरिकलाई नेपाल कहाँ पर्छ, सगरमाथा (एभरेष्ट) को नाम सुनेका छन् तर कहाँ छ थाहा छैन, गौतम बुद्ध कहाँ जन्मे सम्म थाहा छैन, नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै नेपाली संस्कृति मार्फत विश्व भर राजदूतको काम गर्ने कलाकार तथा सस्तालाई राज्यले बेवास्ता गरेको हुँदा दु:ख लाग्छ। कला संस्कृतिलाई प्रबर्द्धन तथा सम्बन्धन गर्ने कलाकार राष्ट्रको सम्पत्ति हुन भन्ने कुरा राज्यले बज्नु जरुर छ। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू