अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०८ | Colorodo: 08:23

एनसिसि जाम्वियाद्वारा मदर टेरेसा आवास गृहमा सहयोग उपलब्ध

बिआरटीनेपाल २०७५ साउन १ गते १२:२२ मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् जाम्वियाले त्यहाँ Mtendere west स्थित मदर टेरेसा आवास गृहमा ६ बाकस लत्ता कपडाहरू र केही जुस पाउरोटी र अण्डाहरू तथा अण्डाहरू उपलब्ध गराइ सहयोग गरेको छ । त्यस आवास गृहमा ६५ जना पुरुष र २५ जना महिलाहरूका साथै करिब ४५ जना अपाङ्ग बालबलिकाहरु रहेका छन् ।

यो आवास गृहको स्थापना आज भन्दा करिब ३० वर्ष पहिले स्थापना भएको थियो र यसको क्षेत्र निकै बृहत् छ । यस सामाजिक कार्यक्रममा एनसिसि जाम्वियाका अध्यक्ष प्रा.डा. विशाल नाथ उप्रेती, उपाध्यक्ष शङ्कर सुनुवार, पूर्व अध्यक्ष विदुर खनाल र सदस्य सन्ध्या खनालको सहभागिता रहेको थियो । कार्यक्रममा आवास गृहका सहभागीहरूले भव्य स्वागत गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू