अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३४ | Colorodo: 02:49

पुटिन र ट्रम्पबीच सोमबार वार्ता हुने

बिआरटीनेपाल २०७५ असार ३१ गते ८:२४ मा प्रकाशित

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी सोमबार द्विपक्षीय वार्ता हुने भएको छ । एएफपीका अनुसार सोमबार हेलसिन्की शिखर सम्मेलनका क्रममा उहाँहरुवीच वार्ता हुने छ । पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो ।

दुई महिना मात्र अघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो । अमेरिकाको यो कदमको स्वागत गर्दै केही बेलायत र युरोपेली देशले पनि रुसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए । यो कार्यको अपजस सबै अमेरिकालाई गएको थियो ।

यसको जवाफमा रुसले पनि मस्कोमा रहेको एक कन्सुलेट अफिस बन्द गराएको थियो । जसका कारण केही दर्जन अमेरिकी कूटनीतिज्ञले रुस छोड्नु परेको थियो । त्यो विवादपछि पहिलो पटक यी दुई शक्तिशाली देशका राष्ट्रपतिले आपसी भेटवार्ता गर्ने भएका छन् । विश्वका सञ्चारमाध्यमहरुले यसलाई एक बहुप्रतिक्षित वार्ताका रुपमा पनि लिएका छन् ।

ट्रम्प र पुटिनले सोमबारको भेटवार्ता पछि संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ । क्रेमलिनका प्रवक्ताले आउँदो हप्ता हुने शिखर सम्मेलनपछि राष्ट्रपतिद्धयले संयुक्त वक्तव्य नै जारी गर्ने निश्चित भने नभएको जनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू