अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४३ | Colorodo: 04:58

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ

बिआरटीनेपाल २०७५ असार ३० गते ९:११ मा प्रकाशित

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ पर्नुभएको छ । उहाँलाई शुक्रवार साँझ नियन्त्रणमा लिइएको हो ।

उहाँलाई शुक्रवार पाकिस्तानको लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको हो । उहाँसँगै आएकी छोरी मार्यम नवाजलाई पनि पक्राउ गरिएको छ । पूर्वप्रधानमन्त्री सरिफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताउनुभएको थियो ।

सरिफलाई हालैमात्र यहाँको एक अदालतले १० वर्ष जेल सजायको फैसला सुनाएको थियो । इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उहाँलाई १० वर्ष कारावासको फैसला गरेको हो । सो फैसलाको समयमा लन्डनमा रहनुभएका सरिफलाई हिजो स्वदेश फर्किएलगत्तै निणन्त्रणमा लिइएको छ । उहाँलाई यसरी पक्राउ गरिएपछि यहाँको राजनीतिमा भने नयाँ उतारचढाव आएको छ ।

पाकिस्तानमा यही जुलाई २५ मा संसद्को निर्वाचन हुन लागेको छ । सो निर्वाचनको प्रचारप्रसार अभियान सुरु भइसकेको छ । निर्वाचनको पूर्व सन्ध्यामा उहाँलाई यसरी नियन्त्रणमा लिएपछि यहाँको राजनीतिमा नयाँ उथलपुथल हुने अनुमान गरिएको छ ।

उहाँले आफूलाई पाकिस्तानको सेनाले सधैँ तारो बनाएको बताउनुहुन्छ ।लन्डनबाट पनि हिजो स्वदेशका लागि प्रस्थान गर्नुअघि उहाँले सार्वजनिक गर्नुभएको एक भिडियोमा भन्नुभएको थियो, “म पाकिस्तानी सेनाको तारो बनेको छु, मलाई लाग्छ म विमानस्थलमा पुगेपछि उनीहरू मलाई पक्राउ गर्न सक्छन् ।”

उहाँलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ । श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री सरिफ बेलायतको लन्डनमा हुनुहुन्थ्यो । उहाँकी श्रीमती क्यान्सर रोगबाट पीडित हुनुहुन्छ । प्रायः उतारचढावपूर्ण रहेको पाकिस्ताको राजनीतिक यात्रा सरिफको पक्राउपछि भने कता मोडिने हो भन्ने कौतूहल पाकिस्तानी नागरिकको रहेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू