अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 13:09

पुटिन मेरोे ‘सत्रु’ होइनन, ‘प्रतिस्पर्धी’ – ट्रम्प

बिआरटीनेपाल २०७५ असार २९ गते ९:३० मा प्रकाशित

 

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिस्पर्धी’ रहेको तर सत्रु’ नभएको वताउनुभएको छ । बेल्जियमको ब्रसेल्समा भएको नाटो शिखर सम्मेलनका क्रममा भएको पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारहरूले सोधेको प्रश्नमा पुटिनका बारेमा यस्तो जवाफ दिनुभएको हो ।

पत्रकारले ट्रम्पलाई के पुटिन तपाइँको सत्रु हुन ? भनी सोधेको प्रश्नमा उहाँले पुटिन आफ्नो सत्रु नभएको वताउनुभएको हो । त्यसो भए के पुटिन तपाइँको साथी हुन् त ? भनेर सोधिएको प्रश्नमा ट्रम्पले आफुले पुटिनलाई राम्रोसँग नचिन्ने तर पनि दुईपटक भेट्न भने पाएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति ट्रम्पले पुटिन आफ्नो प्रतिस्पर्धी भने अवश्य नै भएको वताउनुभयो । पुटिनले रुसको प्रतिनिधित्व गर्ने र आफुले अमेरिकाको प्रतिनिधित्व गरिरहेको वताउदै ट्रम्पले पुटिन आफ्नो साथी वन्ने दावी गर्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू