अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५६ | Colorodo: 05:11

पाकिस्तानमा आत्मघाती बम बिस्फोटमा परी नेता बिलौर सहित १२ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ असार २७ गते ८:२४ मा प्रकाशित

 

पाकिस्तानको पेशावरमा गराइएको आत्मघाती बम विस्फोटमा अवामी नेसनल लिग एनएपीका नेता हारुन बिलौर सहित कम्तिमा १२ जनाको मृत्यु भएको छ । याकातूत क्षेत्रमा एउटा चुनावी बैठकलाई लक्षित गरी गराइएको विस्फोटमा ३० जना भन्दा बढी घाइते भएका छन् । एएनपी नेता आफ्ना कार्यकर्तासँग छलफल गर्दै गर्दा विस्फोट गराइएको हो ।

बिलौर मञ्चमा उक्लँदै गर्दा एक व्यक्तिले आत्मघाती विस्फोट गराएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटबाट गम्भीर घाइते भएका बिलौरको उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।

बिलौरका बुवा तथा एएनपीका वरिष्ठ नेता बशीर अहमद बिलौर पनि सन् २०१२ मा पेशावरमा पार्टीको बैठकका क्रममा आत्मघाती विस्फोटमा मारिएका थिए । पाकिस्तानमा यही जुलाई २५ मा आम चुनाव हुँदैछ । चुनाव नजिकिँदै जाँदा हिंसात्मक घटना बढ्दै गएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू