अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२ | Colorodo: 02:57

सुन्दर तर ‘भ्रष्ट’ पूर्व महाप्रबन्धक

बिआरटीनेपाल २०७५ असार २३ गते २२:५३ मा प्रकाशित

सद्भावनादेखि राजनीति थालिन्, साझा आएपछि इज्जत फालिन्

काठमाडौँ, एउटा भनाई छ– खतरा सुन्दरताभित्र लुकेको हुन्छ र सुन्दरता खतराभित्र ।’ यो उद्धरण नेपाली समाज, राजनीतिक पार्टी र सरकारी निकायका लागि नयाँ होइन । यसका केही प्रमाणहरू बिस्तारै खुल्न थालेका छन् ।

ममता झा, झन्डै २० वर्षअघि नेपाल सद्भावना पार्टीबाट तत्कालीन सप्तरी क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार जयप्रकाश प्रसाद गुप्तासँग चुनावी मैदानमा थिइन् । त्यसबेलै उनको सुन्दरताको चर्चा र्युमर बनेको थियो । उनको सुन्दरतामा सामान्य गौणता आए पनि चर्चा कम भएको छैन । अहिले राजनीतिभन्दा केही टाढा बस्ने कोसिस गरे पनि ममता झा फेरि विवादमा तानिएकी छन् ।

साझा प्रकाशनकी महाप्रबन्धक नियुक्त भएपछि उनले गरेका भ्रष्टाचारले विवादमा तानिएकी हुन् । २३ चैत ०७० मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष तथा महाप्रबन्धक झालाई निलम्बन गर्न राष्ट्रिय सहकारी विकास बोर्डलाई पत्राचार गरेको थियो ।

साझाका द्वितीय तहका कर्मचारी माधवप्रसाद थपलियालाई आवश्यक शैक्षिक योग्यताविनै अस्थायी सहायकस्तरमा नियुक्त गरेको, सरकारी सम्पत्तिको दुरुपयोग गरेको अभियोग झा माथि छ ।

थपलियाको योग्यता नपुगेका कारण झा र थपलिया दुवैविरुद्ध भ्रष्टाचार निवारण ऐन ०५९ को दफा १७ अनुसार ४ जेठ ०७१ मा अख्तियारले मुद्दा दर्ता गरेको थियो । बिगोबमोजिम ३ लाख ६६ हजार ५ सय ७७ रुपैयाँ जरिवाना र कैद सजाय माग भएको थियो । साझाको अवस्था डामाडोल पार्न ममताको हात रहेको ठहर भएको छ ।

०६४ र पछिल्लो मधेस आन्दोलनका क्रममा आफूलाई गौण राखेकी ममता झाले सप्तरीमा पुनः राजनीतिक ‘स्पेश’का लागि कसरत गरेकी थिइन् ।

तत्कालीन फोरम लोकतान्त्रिकबाट ५ वर्ष अघि साझा प्रकाशनको अध्यक्षको नियुक्ति उनले लिएकी थिइन् । उनको राजनीतिक जीवनको सुरुआत भने काँग्रेस नेता खुमबहादुर खड्काको सल्लाहमा भएको थियो । झाको सप्तरीमा गेष्ट हाउस र यातायात व्यवसाय रहेको छ । तत्कालीन कृषि मन्त्री मृगेन्द्र यादवले आफ्नो जिल्लावासीको नाताले उनलाई साझाको महाप्रबन्धक बनाएका थिए ।

नियुक्ति लिएपनि केही समयमा नै तत्कालीन सद्भावना पार्टीमा प्रवेश गरेकी ममताको राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका एक जना सदस्य राजेन्द्र महतोसँग कनेक्शन थियो ।

ममताले प्रादेशिक चुनावमा राजपाबाट २ नम्बर प्रदेशको टिकटका लागि राजेन्द्र महतोसँग बारम्बार छलफल गरिन् । सप्तरीको राजविराजमा व्यवसाय रहेको ममता धनाढ्य कुलकी हुन् । मधेसी समुदायमा उनलाई उपल्लो जात ‘ब्राम्हण’मा राखिन्छ । आफूलाई सदाबहार सुन्दर राख्नसक्ने ममतालाई प्रादेशिक टिकट दिनका लागि राजपामा राजेन्द्रले पहल गरेकै थिए । जो अहिले पनि राजनीतिक प्रेमका सन्दर्भमा विवादमा आउँछन् ।

काँग्रेसको राजनीतिमा सक्रिय हुने निधो गरेकी ममताले विजयकुमार गच्छदार र खुमबहादुर खड्कासँग नजिक हुने प्रयास गर्दागर्दै राजाले सत्ता हत्याएपछि उनी पुनः सद्भावनाका नेता बद्री मण्डलमार्फत दरबारसँग सम्बन्ध बनाउन चाहन्थिन् । त्यस बेला दरबारले उनलाई पत्याएन ।

अहिले भ्रष्टाचार अभियोगमा फस्ने भएपछि ममता नेपाली काँग्रेसका नेता गच्छदारको शरणमा पुगेकी छन् । दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू