अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

ट्रम्प प्रशासनका अर्का प्रमुख अधिकारीले दिए राजीनामा

बिआरटीनेपाल २०७५ असार २२ गते २३:४५ मा प्रकाशित

अमेरिकी वातावरण संरक्षण समितिका प्रमुख स्कट प्रुइटले राजीनामा दिएका छन् । एकपछि अर्को विवादमा तानिएका प्रुइटले अन्ततः राजीनामाको बाटो अवलम्बन गरेका हुन् । प्रुइटलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका थिए । तत्कालीन राष्ट्रपति बाराक ओबामाको जलवायु सम्बन्धी नीतिहरूलाई उल्ट्याउन उनको नियुक्ति भएको बताइन्छ । नियुक्ति पाएसँगै उनी अनेक विवादमा फसेका थिए ।

उनीमाथि अपारदर्शिताको आरोप छ । उनका अनियमित काममाथि टिप्पणी गर्ने कामदारलाई पनि दुःख दिएको भन्दै उनको आलोचना हुने गरेको थियो । कैयन अनियमितताको आरोपमा अनुसन्धान सुरु भइरहेका बेला प्रुइटले आफ्नो पदबाट राजीनाको घोषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पलाई पठाएको पत्रमा उनले आफू र आफ्नो परिवारमाथि भएका क्रूर आक्रमणका कारण राजीनामा दिएको उल्लेख गरेका छन् ।

एक दर्जन आरोपको सामना गरिरहेका उनले शुक्रवारबाट लागू हुने गरी राजीनामा दिएका हुन् । ट्रम्प प्रशासन अन्तर्गत राजीनामा दिने प्रुइट मन्त्रीस्तरका चौथो अधिकारी हुन् । अमेरिकी राष्ट्रपति ट्रम्पले भने उनको प्रशंसा गरेका छन् । एक ट्वीट गर्दै ट्रम्पले प्रुइटले असाधारण काम गरेको भन्दै धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू