अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८ | Colorodo: 14:13

नेपालका सुरक्षाकर्मी इमान्दारः राष्ट्रसंघ

बिआरटीनेपाल २०७५ असार १२ गते २०:२० मा प्रकाशित

काठमाडौं – संयुक्त राष्ट्रसंघले विश्वशान्ति स्थापनामा नेपालका सुरक्षाकर्मीले पुर्याएको योगदान अतुलनीय रहेको जनाएको छ । 

द्वन्द्वग्रस्त मुलुकको शान्ति र स्थायित्वका लागि नेपालका सुरक्षाकर्मीले जुनसुकै चुनौचीका बीच पनि इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गरेको राष्ट्रसंघका अधिकारीले बताएको समाचार आजको कारोबारमा छापिएको छ ।

नेपालको औपचारिक भ्रमणमा आएका राष्ट्रसंघीय पिस किपिङ डिपार्टमेन्टका प्रमुख तथा उपमहासचिव जिन पाइरे लाक्रोइक्सले प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँगको भेटमा द्वन्द्वग्रस्त मुलुकको संकट निवारण गर्न राष्ट्रसंघलाई आवश्यक परेको फौज खटाएर नेपालले महत्त्वपूर्ण योगदान पुर्याएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू