अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०८ | Colorodo: 14:23

नेपाली ध्वजावाहकको विश्वभर उडान

बिआरटीनेपाल २०७५ असार ८ गते २१:४६ मा प्रकाशित

काठमाडौं – नेपाल वायु सेवा निगमको राष्ट्रिय ध्वजावाहक विमानले जापानको हानेडा विमानस्थलबाहेकका अन्यबाट विश्वभर उडान भर्ने भएको छ ।

नेपाली विमानले अमेरिकाबाहेकका देशमा उडान भर्ने अनुमति पाएको हो । नेपाल र जापानको हवाई उडानको सम्झौता पुनरावलोकनपछि यो सम्झौता भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपालले जापानको हानेडा विमानस्थलबाहेक सबै विमानस्थलमा उडान गर्न पाउने गरी गत ४ असारमा नेपाल–जापान सम्झौता पुनरावलोकन भएको बताए ।

सम्झौताअनुसार नेपाल–जापानबीच सातामा १४ उडान हुनेछ । यसअघि २ मात्र उडान हुने व्यवस्था थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू