अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१६ | Colorodo: 09:31

रेलमा स्पष्ट, लगानीमा अस्पष्टः कसले गर्ने लगानी ?

बिआरटीनेपाल २०७५ असार ७ गते २०:४९ मा प्रकाशित

काठमाडौँ – चिनियाँ रेल काठमाडौँ ल्याउन नेपाल र भारतबिच सहमति भएको छ । तर कसको लगानीमा रेलमार्ग निर्माण गर्ने भन्ने विषय अझै अन्योल छ । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा समाचार छ । नयाँ पत्रिकाका अनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनेपछि मात्रै लगानीको मोडालिटी टुङ्गो लाग्नेछ ।

केरुङबाट काठमाडौँ रेल पुर्‍याउन चिनियाँ प्रविधिअनुसार करिब ३ खर्ब ३५ अर्ब लाग्ने प्रारम्भिक अनुमान छ । तर त्यो रकम कसले खर्च गर्ने अहिलेसम्म स्पष्ट भएको छैन । नेपालले खर्च गर्ने हो भने सम्पूर्ण विकास खर्चले पनि थेग्न सक्दैन । किनकि अर्थमन्त्री डा. युवराज खतिवडाले छुट्याको कुल विकास खर्च ३ खर्ब १२ अर्ब छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू