अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३३ | Colorodo: 15:48

युएईमा काम गर्ने नेपाली शेफ़हरू नेपाली खाना, संस्कृति तथा पर्यटनको विश्वभरि प्रचारप्रसार गर्दै

बिआरटीनेपाल २०७५ असार ५ गते ७:२३ मा प्रकाशित

युएईको पाँचतारे होटेलमा काम गर्ने नेपाली सेफहरू एकजुट भएर नेपाली खाना, संस्कृति र पर्यटकीय स्थलहरूलाई विश्वभरि प्रचारप्रसार गर्न लागिपरेका छन् । त्यसको लागी तालिम दिने, नेपाली खानाको प्रचार गर्ने, प्रतिस्पर्धा बढाउने र तल्लो स्थानका सेफहरूलाई माथि उठाउन सहयोग गर्ने जस्ता कार्यहरू भइरहेको छ ।

नेपालमा आउने प्राकृतिक प्रकोप साथै दुर्गम क्षेत्रका जनतालाई सहयोग गर्ने, नेपालका उत्पादहरु विश्वबजारमा पुर्‍याउने लगायतका उद्धेश्यका साथ १७ सदस्यीय नेपाल सेफ सोसाइटी युएई गठन गरिएको छ । सेफ सुकदेव पन्त, श्याम अमगी, जीवन गिरी, लाल तामाङ र अतिम्सुयातिमको नेतृत्वमा बरदुबईको नेपाली रेष्टुरेन्ठमा ५ तारे होटेलमा काम गर्ने झन्डै १०० जना नेपालीसेफ़ हरूको बाक्लो उपस्तिीमा उक्त सोसाइटी गठन गरिएको हो । लाल तामाङको अध्यक्षतामा गठन भएको उक्त समितिमा सह अध्यक्ष श्याम अमगाई, चिफ मेम्बर सुकदेव पन्थ, चेयरम्यान जीवन गिरी, पब्लिक रिलेशन उद्दव श्रेष्ठ, अन्जल श्रेष्ठ, राजकुमार जोशी, रामहरी कार्की, अनिल तिवारी, सुवास ओली, चक्रराज ऐनी, एटिम सुयाटिम सर्वसम्मत चयन भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू