अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५८ | Colorodo: 00:13

रेनुकाको ‘कलकल बग्ने झरना’ सार्वजनिक

दिनेश थापा, काठमाडौँ २०७५ असार ३ गते ९:४७ मा प्रकाशित

पछिल्लो समय नेपाली गीतसंगीतको बजार निकै धराशायी बन्दै गएको छ । गीतको बजार धराशायी बन्दै आएता पनि बजारमा दिनप्रतिदिन गीतको सङ्ख्या निकै थपिँदै आएको छ ।
त्यस्तै आशिष् म्युजिकको प्रालिको प्रस्तुतिमा नवगायिका रेणुका थापाले पनि नयाँ गीत सार्वजनिक गरेकी छन् । उनले लोक तथा दोहोरी एल्बम ‘झरना’को ‘कलकल बग्ने झरना’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।

नवगायिका रेनुकाको ‘कलकल बग्ने झरना’ गीतमा सुजन लम्सालको शब्द तथा लय रहेको छ । जसमा गायक यज्ञ विक र नवगायिका रेणुका थापाको सुमधुर स्वर रहेको छ ।

गीतको म्युजिक भिडियोलाई काठमाडौँको बालाजुस्थित बालाजी फिल्मसमा छायाङ्कन गरिएको छ । एकता फिल्मसको निर्माण रहेको यस गीतको भिडियोलाई निर्देशक तथा कोरियोग्राफर मौसम हिमालीले निर्देशन गरेका छन्, भने कोरियोग्राफी पनि हिमालीले नै गरेका छन् । जसमा गायक तथा मोडल रामजी खाण र मोडल पूर्णिमा श्रेष्ठको साथमा अन्य साथीहरूको नृत्य रहेको छ ।
गीतलाई दुर्गा पौडेलले छायाङ्कन गरेका हुन् भने नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । गीत निकै झड्कीलो र मौलिक रहेको छ ।

प्रतिक्रिया