अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२१ | Colorodo: 04:36

गायक ठकुरीलाई ‘एसियाली युवा प्रोत्साहन अवार्ड’

दिनेश थापा, काठमाडौँ २०७५ साउन २७ गते ९:५६ मा प्रकाशित

गायक तथा सर्जक फणिन्द्र ठकुरी एसियाली युवा प्रोत्साहन अवार्डबाट सम्मानित भएका छन् । गीतसङ्गीत क्षेत्रबाट समाजका विभिन्न समुदायमा विभिन्न तरिकाबाट योगदान दिएको भन्दै गायक ठकुरीलाई ‘एसियाली युवा प्रोत्साहन अवार्ड २०१८’ बाट सम्मान गरिएको हो । लामो समयदेखि गीतसङ्गीतप्रति देखाएको जिम्मेवारीको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।

काठमाडौँस्थित राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा शनिवार ग्लोबल युथ पार्लियामेन्ट नेपालद्धारा आयोजित ‘एसियन युथ एसेम्ब्ली २०१८’ को कार्यक्रममा सभामुख महराले गायक ठकुरीलाई एसियन युथ इन्स्प्रियसन अवार्ड २०१८ बाट सम्मान गरे ।

कार्यक्रममा सभामुख महराले लोकतन्त्रको रक्षा, युवा नेतृत्वको विकास र वर्तमान विश्वका चुनौतीसँग लड्ने क्षमताको खोजी गर्न आग्रह गर्नुहुँदै विकासका साझा मुद्दाहरूमा सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने बताताए । कार्यक्रममा एसियाली मुलुकका नेपालस्थित राजदूतहरू, युवा परिषद् नेपालका अध्यक्ष माधव ढुङ्गेललगायतले बोलेका थिए । कार्यक्रममा सामाजिक क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै विभिन्न देशका युवाहरूलाई सम्मान गरिएको छ ।

कार्यक्रममा गायक ठकुरी सहित नेपालका विभिन्न क्षेत्रमा योगदान गर्ने सात जना युवाहरूलाई पनि सम्मान गरिएको थियो । त्यसै गरी भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, ताइवान, फिलिपिन्स, कम्बोडिया, भियतनाम, मलेसिया, थाइल्याण्ड र सिङ्गापुरबाट सामाजिक कार्यक्रममा क्रियासिशल एक–एक जना युवालाई एसियाली युवा प्रोत्साहन अवार्ड प्रदान गरिएको छ ।

प्रतिक्रिया