अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०३ | Colorodo: 12:18

दोषबाट उम्किन खोज्दै जनप्रतिनिधि

बिआरटीनेपाल २०७५ जेठ ३० गते १८:४१ मा प्रकाशित

स्थानीय तहले एक वर्षमा सोचे अनुरुप काम गर्न नसक्नुको दोष केन्द्र सरकारलाई दि“दै जनप्रतिनिधि उम्किन खोजिरहेका छन् ।

स्थानीय तहको निर्वाचनताका ठूलाठूला आश्वास दिएर जनताको अपेक्षा ह्वात्तै बढाएका जनप्रतिनिधिले त्यस दिशामा काम अघि नबढेको र बढ्ने संकेत पनि नदेखिएको स्थितिमा केन्द्र सरकारलाई दोष दि“दै उम्किन खोजेका हुन् ।

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले एक वर्षमा सोचेअनुरुप काम गर्न नसकेको सार्वजनिक रुपमा स्वीकार गर्दै आउनुभएको छ ।

‘निर्वाचित भएको केही दिनमै मन्त्रालयले जनप्रतिनिधिले महानगरपालिकको २ रुपिया“ नै खर्च गर्न नसक्ने गरी आदेश पठाइयो’ –महानगरपालिकाले आयोजना गरेको पुरस्कार वितरण समारोहमा प्रमुख महर्जनले भन्नुभयो । प्रमुख महर्जनले अर्को समारोहमा कर्मचारीले खासै सहयोग नगरेको र सहयोग गर्न सक्ने योग्य कर्मचारी नभएको पनि दाबी गर्नुभयो ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू