अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०४ | Colorodo: 08:19

प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेन्डा

बिआरटीनेपाल २०७५ जेठ २९ गते २०:५४ मा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री केपी ओलीको ५ असारदेखि हुने चीन भ्रमणमा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ । 

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

बैठकले दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्न समझदारी गर्ने अख्तियारी ऊर्जामन्त्रीलाई दिएको छ ।

भ्रमणका एजेन्डा

-मितेरी र रसुवागढी पुल निर्माण सम्झौता

-गल्छी–रसुवागढी–केरुङ प्रशारण लाइन

-किमाथांका अरुण जलविद्युत् आयोजना

-‘तिब्बेतियन हाइवे’मा ढुवानी सुविधा

-काठमाडौं–केरुङ रेलमार्ग निर्माण समझदारी

-रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू