अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३० | Colorodo: 14:45

ने बी सङ्घका विद्यार्थीहरूले जलाए प्रधानमन्त्री ओलीको पुत्ला

हिमाल पोस्ट, काठमाडौँ २०७५ जेठ २८ गते २२:४७ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा काँग्रेस निकट नेवि सङ्घका विद्यार्थीहरूले लमजुङ सदरमुकाम बेशीसहरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

मङ्गलवार बिहानै बेसीशहरको भीमसेनथान चोकमा सयौँको सङ्ख्या भेला भएका विद्यार्थीले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।

नेवि सङ्घ नेता सुवास अधिकारीको अगुवाइमा पार्टी कार्यालयबाट मनाङ चौतारा, सेराचोक हुँदै सुरु भएको जुलुस चोकबजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सोमबार साँझ मशाल जुलुसको तयारी गरिरहेका विद्यार्थीहरूलाई प्रहरीले कडा निगरानी गरेपछि सिटी जुलुस प्रदर्शन गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू