अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४० | Colorodo: 05:55

गुठीको जग्गामा महानगरपालिकाको वक्रदृष्टि

बिआरटीनेपाल २०७५ जेठ २५ गते ४:२९ मा प्रकाशित

काठमाडौं – निजी गुठीको रुपमा दर्ता भएको जग्गा कुनै निकयाले प्रयोग गर्न नहुनेमा गुठी सञ्चालकहरुले जोड दिएका छन् ।

स्वयम्भू भुइँखेलस्थित सम्यक निजी गुठीको जग्गा काठमाडौं महानगरपालिकाले पार्कका रुपमा व्यवस्थित गर्न थालेपछि गुठियारहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेवारी राजाको पालामा प्रत्येक १२ वर्षमा बुद्ध भगवानको पूजा गर्न परम्परादेखि चल्दै आएको सम्यक निजी गुठीको सो जग्गा करिब १५ रोपनी क्षेत्रफलमा रहेको छ ।

सो जग्गा गुठी संस्थानले आफ्नो नाममा ल्याउन खोज्दा मुद्दा परेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू