अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

इराकमा भएको विस्फोटनमा १४ को मृत्यु, ९० घाइते

बिआरटीनेपाल २०७५ जेठ २४ गते १०:५१ मा प्रकाशित

इराकको बग्दाद अन्तर्गत पर्ने साडर सिटी जिल्लामा भएको विस्फोटनमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । 

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार बुधबार भएको सो घटनामा परी अरु ९० जना घाइते भएका छन् ।

“हामीलाई प्राप्त पछिल्लो विवरण अनुसार पूर्वी बग्दादमा भएको विस्फोटनमा परी अहिलेसम्म १४ जनाको मृत्यु भएको छ भने अन्य ९० जना घाइते भएका छन्,” गृह मन्त्रालयको श्रोतले जनाएको छ ।

इराकको गृह मन्त्रालयको श्रोतलाई उल्लेख गर्र्दै राज्यद्वारा सञ्चालित चिनियाँ समाचार संस्था सिन्ह्वाले सम्प्रेषण गरेको समाचार अनुसार विस्फोटनबाट मानवीयसँगै भौतिक क्षति समेत भएको छ ।

घटनाका बारेमा अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्रै आतङ्कवादी आक्रमण हो वा आकस्मिक दुर्घटना हो भन्ने प्रष्ट हुने अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू