अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१८ | Colorodo: 20:33

फर्जी हेलिकप्टर उद्धार छानबिन हुने

बिआरटीनेपाल २०७५ जेठ २१ गते २१:४१ मा प्रकाशित

पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरूलाई बिरामी बनाई फर्जी उद्धार गर्दै आएका ट्रेकिङ एजेन्सी, हेलिकप्टर कम्पनी र अस्पतालमाथि छानबिन हुने भएको छ

विगत केही वर्षयता पर्यटन व्यवसायीहरूले यस्तै फर्जी धन्दा सञ्चालन गर्ने क्रम नरोकिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा अनुसन्धान गर्न ५ सदस्यीय कार्यसमिति बनाएको हो ।

यसअघि यस विषयमा चासो राख्दै केही पर्यटन व्यवसायीले नेपालकै बद्नाम भएको जनाउँदै कारबाहीका लागि तत्कालीन पर्यटनमन्त्री जितेन्द्रनारायण देवलाई पनि गुनासो राखेका थिए। उनले यस विषयमा चासो नै राखेनन्।

सहसचिव उपाध्यायको समितिमा नेपाल प्रहरीका नायब प्रहरी महानिरीक्षक मनोज न्यौपाने, पर्यटन विभागका महानिर्देशक, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक सुभाष झा र उपसचिव प्रकाश शर्मा ढकाल छन्।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू