अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४४ | Colorodo: 03:59

एसपी–डीएसपी बढुवाः नेताका अंगरक्षक प्राथिमिकतामा

बिआरटीनेपाल २०७५ जेठ २१ गते २१:२६ मा प्रकाशित

नेपाल प्रहरीमा केही दिनअघि भएको बढुवा सिफारिसमा प्रधानमन्त्रीदेखि दलका नेताहरुको सुरक्षामा खटिने प्रहरी अधिकृतहरु प्राथमिकतामा परेका छन् ।

प्रहरी उपरीक्षक एसपी र प्रहरी नायब उपरीक्षक डीएसपी को बढुवा समितिले कार्य क्षेत्रमा खटिएका अधिकृतहरुलाई भन्दा अंगरक्षकलाई प्राथमिकता दिएर सिफारिस गरेको गरेको हो, आजको नागरिक दैनिकमा यो खबर छ ।

तीन वर्षको कार्यसम्पादन मूल्यांकनमा पनि अंगरक्षकहरुको अंक बढी देखिएपछि बढुवा त्यही अनुसार भएको प्रहरीको उच्च स्रोतको बतायो ।
बढुवामा अंगरक्षकलाई प्राथमिकता दिँदा कार्यक्षेत्रमा खटिएका अधिकृतहरु मर्कामा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू