अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१८ | Colorodo: 12:33

अब कहाँ उड्छ निगमको वाइडबडी ?

बिआरटीनेपाल २०७५ जेठ १७ गते १९:२९ मा प्रकाशित

काठमाडौं – नेपाल वायुसेवा निगमले जापान तथा दक्षिण कोरियाको उडान अनुुमति तत्काल पाउने नदेखिएपछि नयाँ वाइडबडी जहाजबाट दुबई उडान गर्ने भएको छ । 

निगमले पहिलो उडान नै दुबईबाट गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्लट मागेको छ । आजको कारोबारले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

निगमले खरिद गर्न लागेको दुई थान एयरबस ३३०-२०० सिरिजको वाइडबडी जहाज केही समयभित्रै नेपाल आउँदैछ ।

समाचारमा लेखिएको छ, निगमको पहिलो वाइडबडी जहाज असार १४ गते त्रिभुवन विमानस्थल अवतरण हुने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू