अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५० | Colorodo: 17:05

अन्त्यहीन इच्छा कथालाई नियाल्दा

रश्मि भट्ट, न्यु योर्क २०७५ जेठ १६ गते १८:३८ मा प्रकाशित

प्रवासमा बसेर कठोर परिश्रमका बाबजुद नेपाली भाषासाहित्यमा कलम चलाउने स्रष्टाहरू आपैmमा धन्यवादका पात्र त छँदै छन् । उनीहरूले नेपाली भाषसाहित्यमा अभिरुचि राख्ने पाठकहरूलाई केही यस्ता कृतिहरू पनि दिएका छन् जसलाई पढेर, बुझेर कृतिको रसस्वादन गरिसकेपछि पाठकहरूलाई चुप लागेर बस्न होइन त्यस विषयमा केही बोल्न, केही लेख्न र केही भन्न भित्रैबाट कर लगाउँछ । त्यसैमध्येको एउटा कृति हो— गीता खत्रीको अन्त्यहीन इच्छा कथासँंग्रह । प्रवासबाट नेपाली भाषासाहित्यमा योगदान गर्ने बहुप्रतिभाशाली अग्रणी महिला साहित्यकारको नाम गीता खत्री भनेर शायद कसैलाई चिनाइ रहनु पर्दैन होला । प्रवासी साहित्यप्रेमीहरुको आँखामा, मनमस्तिष्कमा त उनी प्रदीप्त छँदै छिन । नेपाली साहित्यले पनि उनको लेखनीलाई देशभित्रबाट कदर गरिरहेकोछ भन्ने कुरा सन् २०७४ मा साझा प्रकाशनबाट प्रकाशित उनको अन्त्यहीन इच्छा कथासँंग्रहले प्रस्ट गर्दछ । साझा प्रकाशनले यसरी नै निरन्तर रूपमा उनी र उनी जस्तै सम्पूर्ण प्रवासी साहित्यप्रेमीहरुको मूल्याँंकन गरेर अघि बढ्न प्रेरित गर्नेछ भन्ने आशा राखेकीछु ।

यति सुन्दर कथाकृति पढ्ने अवसर केही समय अगाडि मलाई प्राप्त भयो । ‘काम पनि छैन, फुर्सद पनि छैन’ भन्ने नेपाली उखान जस्तै मसंँग समय पनि छैन र खासै उपलब्धि पनि छैन । तर ‘खाने मुखलाई जुँगाले छैक्दैन’ भने जस्तै फुर्सदफुर्सदमा मैले एक पटक सरसर्ती र अर्को पटक गहिरिएर अर्थात् कति पनि हरफ र पाना नफड्कीकन यसको अध्ययन गरेँ । प्रत्येक कथाहरूले मानवीय जीवनको विविध पाटाहरू उघारेजस्तो लाग्यो । समसामयिक र जीवन्त पनि लागे । लेखन शैली पनि दुरुह र ल्किष्ट नभएर सबै स्तरका पाठकलाई समेट्ने खालको निष्कर्ष निकालेँ मैले । एउटा स्रष्टा भित्र जहिलेपनि द्रष्टा व्यक्तित्व पनि हुन्छ । त्यसलाई देखाउने वा नदेखाउने भन्ने कुरामात्र हो । कथा कृति पढी सकेपछि केही नलेखी म बस्नै सकिन ।

अरू विधाले जस्तै कथाले पनि साहित्यका विविध चरण र कालखण्डहरू पूरा गरेर यहाँसम्म आइपुगेको छ । कथा प्राचीनतम र सर्वाधिक लोकप्रिय विधा पनि हो । विभिन्न धारा उपाधाराहरुलाई समेट्दै कथाले आज समसामयिक आधुनिक, प्रयोगात्मक धारालाई पछ्याइ रहेको छ । मानव जीवन र भोगाइहरूलाई समेटेर लेखिएको कथाहरू सँंधै जीवन्त पनि हुन्छन् । तर आज साहित्यकारहरू परिष्कृत जीवन शैली र वातावरणसंँगै आफ्नो कथा या कुनै पनि सृजनामा नयाँनयाँ प्रयोग र आयाम भित्र्याउन चाहन्छन् । निखारता ल्याउन चाहन्छन् । न धेरै लामो न धेरै छोटा र सुन्दर प्रस्तुति भएका कथाहरूले पाठकको मन सुटुक्क चोरेको हुन्छ । एउटा उपन्यासले तान्न नसकेको मन पनि सानो र सुन्दर कथाले तान्न सक्छ । आज यस अन्त्यहीन इच्छा कथाका सबैसबै कथाहरूले मेरो मन सुटुक्क चोरेको छ ।

कथाहरू जीवन जगतका भोगाइहरूलाई समेटेर लेखिएका मानवीय सम्बेदना पोखिएकामात्र नभएर नयाँनयाँ विचार र प्रयोगलाई समेटेर पनि लेखिएको छ । अन्त्यहीन इच्छा, संँयोग, यस्तो पनि विवाह, बाबुको मुख हेर्ने दिन, मीठो मुस्कान, बिदाइ, अत्यन्तै उत्कृष्ट कथाहरू हुन । यी कथाहरू आधुनिक प्रयोगवादी धारमा उभिएका छन् । कथाले आधुनिक जीवनमा हुने गरेका, हुन लागेका र हुन सक्ने कुराहरू औँल्याएका छन् । मानिस नयाँनयाँ अनुभव लिन र प्रयोग गरेर हेर्न चाहन्छ भन्ने कुरा यसमा छर्लङ्ग हुन्छ । अन्त्यहीन इच्छालाई अगाडि नराखेर पछिल्लो पृष्ठमा पनि राख्न सकिन्थ्यो भन्ने लाग्छ । कृति बेजोड कथामा गएर टुङ्गीन्थ्यो । आजको मान्छे सम्पूर्ण कुरा बदलेर पनि खुसी छैन । ऊ आप्mनो प्राकृतिक रूप नारी→पुरुष र पुरुष→नारीमा पनि बदलेर हेर्न चाहन्छ, नयाँ अनुभव गर्न चाहन्छ । काल्भिना यस युगकी पात्र हो । कथाकारलाई जस्तै मलाई पनि अत्यन्तै चिन्ता लाग्छ । यस्ता नयाँनयाँ प्रयोगले एक दिन धरतीमा मानवको अस्तित्व रहला नरहला । मान्छेको इच्छाको अन्त्य सम्भव छैन । साँंच्चै उत्कृष्ट र आधुनिक प्रयोगवादी कथा हो यो ।

त्यस्तै संँयोग कथाले पनि टेस्ट ट्युब प्रविधिबाट आज निःसन्तान दम्पत्तीहरु कसरी लाभ लिइरहेका छन् । आज विज्ञानले ल्याएको पुरुषको शुक्रकीट र महिलाको डिम्बासय भिन्न नारी या पुरुषमा या श्रीमान् श्रीमतीमा प्रत्यारोपण गरेर बच्चा जन्माउन सकिने प्रविधि अन्त्यहीन कथाको भन्दा केही पुरानो भइसकेको छ तर त्यसै विषयमा अध्ययन गरेकी सीमाको मृत्युपछि अर्को त्यस्तै नारीमा प्रत्यारोपण गरी दाम्पत्य जीवन सुखी बनाउने संँयोग जुरेको छ । शीषर्कलाई कलात्मक रूपमा सार्थक तुल्याइएको छ । आधुनिक उत्कृष्ट कथा भन्नु पर्छ यो कथालाई ।

यस्तो पनि विवाह शीषर्कको कथा समयको माग हो की मान्छेको इच्छा । कसरी विवाह गर्न केटो ठीक्क पारेकी छोरी आप्mनो केटी साथी देखाएर समलिङ्गी विवाह गर्न पुग्छे । आमाबाबुले मुटु मिचेर सहनै पर्छ । यो विषय पनि अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उठिरहेको प्रमुख सवाल हो । मानिसले लिन खोजेको नयाँ अनुभव नै हो । हामीले अप्राकृतिक हो भनेर हो भनेर कहाँ सुख पाउँछौँ । मान्छेले हुने भए के के गर्दो हो । दिक्क लाग्छ । प्राकृतिक कुराहरूलाई बदलेर अप्राकृतिक कसीमा उभिँदा कथाकारले चाहेकी भए यसलाई सँंयोग जस्तै छोटो मीठो शीषर्क पनि जुराउन सक्थिन । यति हँुंदाहुदै पनि यो कथा आधुनिक समसामयिक विषयवस्तु बोकेको सुन्दर कथा हो ।

मीठो मुस्कान कथाले संँसारको एउटा आधुनिक राज्यभित्र सम्भ्रान्त र अति आधुनिक व्यक्तिभित्र पनि मानवता मरेको छैन भन्ने उदाहरण दिन्छ । मारियो लोपेज जस्तै एउटी आधुनिक सम्भ्रान्त महिलाले इभान्स जस्तो खाते लावारिस मुस्कान हराई सकेको व्यक्तिलाई कसरी पुर्नजीवन दिन्छे । मानवताहीन विश्वमा नाटकीय जस्तो लागे पनि कथा जीवन्त, सुन्दर र आकर्षक छ । मानवता नमरेसम्म धरतीमा इभान्सहरु पुनः बाँचेर मीठो मुस्कान छर्नेछन् । बाबुको मुख हेर्ने दिन कथामा आजको आधुनिक विज्ञानले ल्याएको पछिल्लो नितान्त नयाँ रोबोटजस्तो विषयमा पूरा अध्ययन गरेको सुवास नामक युवा विदेशी सरकारले दिएको सम्पूर्ण भौतिक मोह छोडेर कसरी स्वदेश फर्कने निर्णय गर्छ । यसबाट युवाहरू जो कुनै विषयमा दक्ष छन् तिनीहरू स्वदेश फर्केर सेवागर्न कथाले अप्रत्यक्ष रूपमा बोलेको छ । साथै आपूmले बनाएको आमा जस्तै रोबोट श्रीमती गुमाएर एक्लीएका आप्mना बाबुलाई बाबुको मुख हेर्ने दिनमै दिएर खुसीको आँसु छचल्काउछ कथाले ।

रातो कोट कथाले आप्mनो मन पर्ने बस्तु कति प्रिय हुन्छ । झन् आमाको उपहार यसमा म के भनौं। अत्यन्त भावुक हुन मन लाग्छ । कथाकार पनि कति भावुक र सम्बेदनशील छिन भन्ने कुरा कथाले प्रस्ट पारेको छ । सामान्य विषयलाई उठाइएको भए पनि कथाले मस्तिष्क भन्दा मन, मुटुलाई राम्ररी छुन्छ । प्रेम सद्भाव हुनु पर्दैन । मानवीय भावना भए पुग्छ भन्ने कुरा मोतीको माला कथाले प्रस्ट गरेको छ । आत्मीय प्रेम कथामा पनि श्रीमान् श्रीमती नभएपनि दुःखसुखमा एक अर्कालाई आत्मिक प्रेम गर्न सकिन्छ, मद्दत गरेर खुसी पार्न सकिन्छ भन्ने कुरा दर्साउँछ । सहोदर पतिपत्नि भएर पनि एक अर्कामा प्रेम स्नेह सहयोग हेरचाह आदर सम्मान छैन भने त्यो निरर्थक नै हुन्छ । आमा हुनका लागि आपैmले बच्चा जन्माउनु पर्छ भन्ने पनि छैन । मायालु हात र मन हुनु पर्छ । मानव जीवनका सामान्य विषय बस्तुलाई लिएर लेखिएपनि यी कथाहरूले मन छोएका छन् । जीवन्त छन् । प्रस्तुति अति सुन्दर छ ।

स्रष्टाहरू अरू भन्दा बढी नै कल्पनाशील र भावुक हुन्छन् । थोरै काल्पनिकता पनि सिर्जनामा देखिन्छ । पुर्नजन्म कथामा कथाकारको कल्पनाशीलता ले काम गरेको हो कि जस्तो लाग्छ । सपनाको बारेमा पुर्नजन्मको मृत्युको बारेमा व्यक्ति र जीवनमा चर्चा त हुन्छ नै तर कथाकार अलिबढी नै सोच्छिन । प्रेमजोडीले पहिलो जीवनमा मृत्युवरण गर्नु, दोस्रो जुनीमा पनि सुहागरातकै दिनमा अलप हुनुले प्रेमजोडीहरुले पूरा जिन्दगी जिउन नपाउने भन्ने जस्तो प्रश्न गर्न मन लाग्छ । कथाकारलाई राजदरबारको भयानक हत्याकाण्डले पनि दिमागमा पिन्च पारेको हुन सक्छ । पतिपत्निबीच राम्रो सम्बन्ध नहुंँदा रातहरू कति चिसा लाग्छन् भन्ने कुरा चिसा रातहरू कथाले प्रस्ट पारेको छ । धेरै प्रवासी तथा विदेशी भूमिमा रहेर काम गर्नेहरुको पतिपत्निबीच सम्बन्ध विग्रदै गएको छ तितो यथार्थ पनि हो ।

सपनामा बर्बराइ रहने छोरी कथाले डी.भी.को लहैलहैमा लागेर प्रवासिने नेपालीहरूको मनोदशालाई ऐनाजस्तै छर्लङ्ग उघारेको छ । वैधानिक तरिकाले सम्पूर्ण परिवार एकैसाथ जिउनेलाई त यहाँको भाषा, संस्कार र सभ्यतासँग जिउन यति गाह«ो छ । अवैधानिक रूपले परिवार छोडेर एक्लै बसेका व्यक्तिहरूको पीडा त वर्णन गर्नै सकिँदैन । आमाबाबु मात्र नभएर किशोर किशोरी उमेरमा आएका बच्चाहरू पनि यता न उता भएर पागल जस्तै बनेका कुरा कथाकारले प्रस्ट पारेकी छिन् । समसामयिक कथा बस्तुलाई उठाइएको यो अत्यन्त यथार्थवादी कथा हो । यसमा पनि शीषर्क छोटो बनाएको भए हुन्थ्यो जस्तो लाग्छ । कथा सांँच्चै यर्थाथ धरातलमा उभिएर लेखिएको छ । पात्रको काल्पनिक नाम दिनै पर्‍यो ।

प्रेमपूर्ण हातको एकै स्पर्श प्रेम बिनाको हजार स्पर्श भन्दा कति आनन्ददायी हुन्छ भन्ने कुरा कहिल्यै नबिर्सने स्पर्श कथाले प्रस्ट गरेको छ । विवाह हुन चाहेर पनि पारिवारिक अवरोधका कारण कोही अरूसँग विवाह हुन पुगेकी छेतेन आप्mनो श्रीमानसंग कहिले खुसी हुन सक्दिन तर तेन्जीनको एकै स्पर्शले ऊ आनन्दित हुन पुग्छे । प्रेम कति मूल्यवान छ र सँगै जिएर पनि एकले अर्कोलाई शरीरले मात्र होइन मनदेखि प्रेम गर्नु पर्छ भन्ने कथाले दर्साएको छ । कथालाई राम्रोसँग प्रस्तुत गरिएको छ । प्रवासका भए पनि देशभित्रकै भए पनि सबै नेपाली कथा व्यथाको पात्रहरूलाई राम्रो स्थान दिइएको छ ।

उपहार कथाले समाजमा नारीमाथि मात्र होइन कोही पुरुषमाथि पनि शोषण भएको छ । समाजमा दयाराम जस्तो पुरुष पात्र पनि छन् है भन्ने उद्घोष गर्छ । कथा पढ्दा यस्तो पनि लाग्छ कति नारीमात्र प्रताडित हुनु, दुईचार जना पुरुष पनि प्रताडित हुनु कुन ठुलो कुरा भयो जस्तो लाग्छ । आजकाल नारीहरूले आफ्नो बाटो विराउदै गइरहेका छन् हामीले त्याग बलिदान धैर्यता र सहनशीलतालाई पुरुषसँगै प्रतिस्पर्धा गर्न लाग्यौँ भने हामी नारी नारी हुने छैनौ । कति कृतध्न हो यो करुणा ।

साँचो प्रेम कस्तो हुनुपर्छ र त्यसलाई कसरी प्रकट गर्नु पर्छ भन्ने कुरा प्रेम दिवस कथाले प्रस्ट पारेको छ । सिंँगान राम्रोसँंग पुछ्न नसक्ने उमेरमै आइ लभ यु भन्दै विकृति पैmलाउने युवायुवतीलाई यस्तो कुरालाई बुझाइ दिए हुन्थ्यो । यो पनि समसामयिक आधुनिक विषय बस्तुलाई समेटेर तयार गरिएको कथा हो । विजय कथाले अत्याचार सहेर अबका नारी बस्ने छैनन् र पुरुषले जति दुःख कष्ट दिएपनि सत्यको कसरी जीत हुन्छ भन्ने कुरा प्रस्ट गरेको छ । मनभित्रबाट एक्लो भएर अरूलाई दुःख देखाउनु भन्दा एक्लो जीवन हाँसीखुसी बाँच्नु बेस । कथाको शीर्षक निकै सार्थक भएको देखिन्छ ।

बर्षौदेखि पुरुषबाट नारीहरू शोषित छन् । मानिसमातेर नभएर पशुपक्षी तथा जनावरहरूमा पनि भाले नै बढी आक्रमक हुन्छन् भनी लेखिकाको पारो तातेर आउँंछ । नारी माथि शोषण बलात्कार गर्ने पुरुषलाई सिध्याउन मन लाग्छ । आज पनि नारीहरूमाथि शोषण नै छ । दिनदहाडै बालबालिकादेखि वृद्धसम्म यौन हिंँसाका सिकार भइरहेका छन् । अत्याचार हुन्छ भने त्यहाँ बदलाको भावपनि रहन्छ । कथाले अन्यायको विरोध पनि गरेको छ । त्यसैले नारी शोषण एक सशक्त यथार्थवादी कथा हो । त्यस्तै कृतिको अन्तिम पृष्ठमा रहेको बिदाइ कथाले आजको मानिसको व्यस्तता अनावश्यक भागदौड के के न गरौला भन्यो, मृत्युले कतिबेला नजर लगाउँछ थाहै नहुने र इच्छाहरू अधुरै छोडेर जानु पर्ने कुरालाई अत्यन्त सुन्दर तरिकाले प्रस्तुत गरेको छ । यसले पनि मस्तिष्कलाई भन्दा मनमुटुलाई हलचल गराउँछ । तसर्थ दिनहुँ केही समय बचाएर मन लागेको ठाउँ घुम, साथीभाइ भेटघाट गर, रमाऊ भन्ने सन्देश पनि दिन्छ ।

जसरी एउटा असल र चतुर मानिस बालक, युवा वृद्ध सबैसँग मिल्न सक्छ त्यसै गरी कथाकार गीता खत्री आधुनिक समसामयिक प्रयोगात्मक, यथार्थवादी जीवनवादी अर्थात् कथाका सम्पूर्ण धारहरूमा उभिएर कथा लेख्न सक्छिन भन्ने देखिन्छ । उनले चाहेको भए कम्तीमा पच्चिसबाट कथा पनि यसमा समेट्न सकिन्थ्यो जस्तो लाग्छ । हरियो आवरणमा रातो अक्षरको कृतिको शीर्षक सुहाएको छ । अझ उनको सानो फोटो र उनीबाट सिर्जित सबै कृतिहरू तथा उनले प्राप्त गरेका मानसम्मानको नाम पछाडिको पृष्ठमा भइदिएको भए राम्रो अझै राम्रो हुने थियो ।

आगामी दिनहरूमा कथाकार गीता खत्रीका खारिएका, माझिएका, समयले मागेका र मनमुटुकासाथै मस्तिष्कलाई अझ झड्का दिने कथाहरू आउने छन् भन्ने मलाई पूर्ण विश्वास छ । सबैले एक पटक पढ्नै पर्ने कथासंँग्रह हो अन्त्यहीन इच्छा । अहिलेलाई यति नै । 

प्रतिक्रिया