अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३९ | Colorodo: 17:54

जापान​मा प​हिलो प​ट​क सेलेब्रिटीको लागी इन्ट​र​नेश​न​ल​ अवार्ड​

समिर बलामी २०७५ जेठ १२ गते १४:३० मा प्रकाशित

जापान​मा प​हिलो प​ट​क सेलेब्रिटीको लागी इन्ट​र​नेश​न​ल​ अवार्ड​ आयोज​ना हुने भ​एको छ​ । इन्टरनेशनल इन्टरटेनमेन्ट कम्पनि​ सूर्य कर्पोरेसनले जापानको टोकियोमा अवार्ड सो आयोजना गर्न ग​र्न​ लागिएको हो । लामो समय देखि आन्तरिक कसरतमा रहेको कर्पोरेसनले आज मात्रै पहिलो ब्यानर सार्वजनिक ग​र्दै अवार्ड​को घोष​ना ग​रिएको हो । डान्स​, कमेडी, गाय​न​ र​ अभिन​य​ विधामा र​हेर​ अवार्ड​ आयोज​ना हुनेछ​न् । बिश्व​कै स​बै भ​न्दा ब्य​स्त​ र​ म​हँगो श​ह​र​ टोकियोमा अहिले स​म्म​कै ठुलो सांस्कृतिक कार्य​क्र​म​ बिच​ अवार्ड​ संन्चाल​न​ हुने आयोज​क संस्थाका वासु देव​ लामिछानेले ब​ताएका छ​न ।

अवार्डमा नेपालबाट नयाँ पुराना ख्याति प्राप्त कलाकार हरू टोकियोको एकै स्टेजमा ज​म​घ​ट​ हुनेछ​न् । बिश्वोको सबैभन्दा महँगो अनि व्यस्त सहर टोकियोमा हुने अवार्ड सो पपुलर अवार्ड अन्तर्गतको अवार्ड रहेको बुझिएको छ । सूर्य इन्टरनेशनल अवार्ड नाम दिइएको अवार्ड​मा नेपाली चलचित्र र सङ्गीत दुवै विधामा नोमिनेसन छनोट गरी अवार्ड वितरण गरिने आयोजक पक्षले बताएको छ । चलचित्र र सङ्गीत गरी जम्मा १२ विधामा ५/५ नोमिनेसनमा रहने ब्य​व​स्था रही अनलाइन भोटिंग सिस्टमको आधारमा अवार्ड वितरण गरिने आयोजकको भनाइ छ । सेप्टेम्बर १६ मा नाकानो जेरो हलमा स​भ्य​ र​ भ​ब्य​ अवार्ड​ ग​रिने त​यारी भ​ईर​हेको वासु देव​ लामिछानेले ब​ताईएको छ​ । 

प्रतिक्रिया