अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१७ | Colorodo: 11:32

पोष्टरमा शेर बहादुर

समिर बलामी २०७४ माघ ६ गते २२:४४ मा प्रकाशित

काठमाडौँ । अवकाश प्राप्त एक आर्मीको कथामा निर्माण भएको फिल्म शेर बहादुरको पोष्टर सार्वजनिक गरिएको छ । निडर, सन्की र बलियो पात्र शेर बहादुर फिल्मको मुख्य पात्र हो । शेर बहादुरको चरित्र सहित अन्य कलाकार समावेश पोष्टर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको हो । शेर बहादुर आफ्नो लक्ष्य प्राप्तिका लागि केही योजना बनाउँछन् । त्यही योजना भित्र रुमलिएका अन्य पात्रसँगको अवस्था फिल्मको पोष्टरले चित्रण गरेको छ ।

फिल्मको मुख्य पात्र वरिष्ठ कलाकार सुनिल थापा, कर्म, रविन्द्र झा, मेनुका प्रधान पोष्टरमा अटिएका छन् । ३ साइजको पोष्टरमा फरक फरक सस्पेनमा प्रस्तुत भएका छन् ।

एक्शन, रोमान्स, ड्रामा समावेश फिल्म प्रति निर्माण पक्ष अपेक्षित छन् । फिल्म आउँदो माघ १९ बाट देशैभर प्रदर्शन हुँदैछ । फिल्मका निर्देशक आर राजवंशी हुन् भने निर्माताका रूपमा वरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् । गौरीशंकर धुजु नेपाली फिल्म क्षेत्रमा ४० वर्षदेखि अनवरत रूपमा लाग्दै आइरहेका छन् । फिल्ममा कोसिस क्षेत्रीको सङ्गीत, वसन्त श्रेष्ठको नृत्य, दीर्घ गुरुङ र नारायण जिसीको छायाङ्कन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई प्रमोद क्षेत्रीले लेखेका हुन् ।

सम्बन्धित सामग्रीहरू