अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१३ | Colorodo: 00:28

राहुलद्वारा मोदीमाथि भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप

बिआरटीनेपाल २०७५ जेठ ५ गते १९:१२ मा प्रकाशित

नयाँ दिल्ली, भारतीय कङ्ग्रेस (कङ्ग्रेस–आई) का अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रष्टाचारलाई प्रोत्साहन मात्र गरेको नभै उहाँ नै भ्रष्टाचारी बन्नुभएको आरोप लगाउनुभएको छ ।

शनिवार सञ्चारकर्मीलाई सम्बोधन गर्दै गान्धीले भन्नुभयो,“ तपाइहरूले प्रत्यक्ष देखिरहनुभएको छ प्रधानमन्त्रीले कर्नाटकमा कसरी विधेयकहरूलाई केनबेच गर्न अधिकार दिइरहनुभएको छ ।” गान्धीले थप्नुभयो, “प्रधानमन्त्रीले मुलुकमा आफू भ्रष्टाचार विरुद्ध लडिरहेको भन्नुहुन्छ तर यो पूर्णतया झुट हो । उहाँ भ्रष्टाचारी हो ।” उहाँले भन्नुभयो यो भारतीय जनता पार्टी (भाजपा) लाई पाठ भएको छ कि प्रधानमन्त्री मोदी र पार्टी प्रमुख अमित शाहभन्दा भारतीय समाज, जनता र व्यवस्था ठुला हुन् ।

गान्धीले भन्नुभयो, “प्रधानमन्त्री मोदी र हत्याको आरोप लागेका शाहसहित विजेपीलाई मुलुकले देखाइदिइसकेको छ कि उहाँहरूको पैसाको थैलीभन्दा भारतीय सङ्घसंस्था ठुला हुन् ।”
नेता गान्धीले भारतीय प्रतिपक्षी दलहरूलाई एकआपसमा एकता गरी विजेपीलाई हराएकोमा कृतज्ञता व्यक्त गर्नुभयो । 

नेता गान्धीले भन्नुभयो, “मलाई गर्व लागेको छ विपक्षी दलहरू एक भएर विजेपीलाई हराएका छन् । हामीले यसलाई जारी राख्ने छौँ । भारतमा जनताको इच्चा नै सर्वोच्च रहेको छ । म कर्नाटकका जनता, हाम्रो दल र जनता दलका नेता, कार्यकर्ता र शुभेच्छुकलार्ई कर्नाटकको निर्वाचनमा देखाएको भ्रष्टाचार विरुद्धको ऐक्यवद्धताका लागि धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

भाजपा र राष्ट्रिय स्वयम्सेवक दल (आरएसएस) प्रति लक्षित गर्दै कङ्ग्रेस–आइका अध्यक्षले भन्नुभयो, “ मलाई लाग्छ भाजपा र आरएसएसले पाठ सिक्नुपर्छ कि भारतीय समाज, जनता चाहना र व्यवस्थालाई यो देशमा अनादर गर्न सम्भव छैन ।”

भाजपाका विधेयक तथा सभामुख राष्ट्रिय गानभन्दा पहिले किन सदन छोडेर बाहिर गए यसले प्रश्न खडा गरेको गान्धीले उक्त अवसरमा बताउनुभयो ।

“तपाईँलाई थाहा पाउनुभयो कर्नाटकमा सम्पूर्ण प्रयासका बाबाजुद पनि भाजपाका विधेयक र सभामुख राष्ट्रिय गान पहिले नै निस्किए । आज हामी यसैका विरुद्ध लडिरहेका छौँ ।”

कर्नाटकमा राज्य सरकारका गभर्नर भाजुभाई आर भालाले कङ्ग्रेस र जनता दलको गठबनधनमा बहुमत विधेयक रहँदारहँदै पनि भाजपालाई सरकार गठनका लागि बोलाएपछि राजनीतिक सङ्कट उत्पन्न भएको थियो । भालाले येद्युरप्पा सरकारलाई बहुमत पुष्टि गर्न १५ दिनको समय दिएको थियो ।

त्यसपछि कङ्ग्रेसले भारतीय सर्वोच्च अदालतमा मुद्दा दायर गराए । तत्पश्चात् उक्त मुद्दामा विरल मानिने मध्यरातमा तीन न्यायाधीश ए के सिक्री, एस ए वोब्दे र अशोक भूषणको बेन्चले सुनुवाइ गरी येद्युरप्पालाई मुख्य मन्त्रीका रूपमा शपथ नखान तत्कालका लागि निर्देशन गरिएको थियो । यसले बिहीबार हुने भनिएको शपथ ग्रहण पछि सरेको थियो । रासस/एएनआई

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू