अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२६ | Colorodo: 17:41

सुन प्रकरणमा सर्वोच्चको आदेश ‘अभियुक्तलाई धरौटीमा छाड्नू’

बिआरटीनेपाल २०७५ जेठ ५ गते १९:०८ मा प्रकाशित

काठमाडौँ । सर्वोच्च अदालतले ८८ किलो सुन तस्करी प्रकरणका दुई अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न उच्च अदालत पाटनले जारी गरेको आदेश बदर गर्दै सर्वोच्च अदालतले अभियुक्तद्वय नन्दकुमार पाण्डुरङ्ग मगर र उल्हास दिनकर सालुङ्गखेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

वि।सं। २०७४ भदौ २९ गते समातिएको ८८ किलो सुन तस्करी प्रकरणका चारमध्ये मुख्य अभियुक्त मानिएका दुईजना यसअघि नै रिहा भइसकेका छन् । सर्वोच्चले मुख्य अभियुक्तलाई धरौटीको सुविधा दिइसकेको अवस्था तथा तत्काल प्राप्त प्रमाणबाट कारोबारमा संलग्न भएको पुष्टि नभएको भन्दै मगर र सालुङ्गखेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । सर्वोच्चले जनही पाँच लाख रुपैयाँ धरौटी माग गरेको समाचार आजको गोरखापत्र दैनिकले छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू