अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४० | Colorodo: 04:55

अर्थमा योजना माग्नेको लर्को हट्यो

बिआरटीनेपाल २०७५ जेठ २ गते ९:२८ मा प्रकाशित

काठमाडौं – अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखामा आजभोलि जो कोहीले प्रवेश पाउँदैनन् । 

जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट ल्याउने गरी जुटेको महाशाखाले काममा अवरोध नहोस् भनेर करिब एक महिनाका लागि जो कोहीलाई प्रेश नदिएको हो ।

बजेट तयार बनाउनुअघि प्रवेशमा कडाइ गर्नु अर्थको यो धेरै पुरानो चलन हो । आजको नागरिकको आर्थिक पृष्ठमा यो समाचार छापिएको छ ।

बिगतमा बजेट बन्ने क्रममा अधिकांश नेता तथा कार्यकर्तासँगै पहुँच भएका व्यक्तिहरु पटक पटक अर्थ मन्त्रालय र योजना आयोग पुगेर स्वार्थ अनुरुपका योजना बजेटमा राख्न दबाब दिने चलन थियो ।

अर्थ र योजना आयोगमा लाग्ने भीड कम गर्न र दबाब छल्न प्रवेशमा कडाइ गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू