अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३३ | Colorodo: 11:48

चिनियाँ जहाज निगमलाई ‘सेतो हात्ती’: दुई जहाजको घाटा ३४ करोड, यस वर्ष अर्ब नाघ्ने

बिआरटीनेपाल २०७५ जेठ १ गते १८:५४ मा प्रकाशित

काठमाडाैं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याएका जहाज ‘सेतो हात्ती’ सावित हुँदैछ । दुई थान चिनियाँ जहाज (एमए–६० र वाई–१२ई) उडानबाट वार्षिक ३३ करोड ८३ लाख ९५ हजार ३९ रुपैयाँ घाटा भएको छ ।

निगमको आर्थिक वर्ष २०७३-७४ को लेखा परीक्षणमा उल्लेख भएअनुसार एकथान एमए–६० र एकथान वाई–१२ ई जहाजमात्रैको घाटा त्यति पुगेको पाइएको छ ।

निगमले यसबीचमा यस्तै जहाजहरू एक थान एमए–६० र तीन थान वाई–१२ ई थपेको छ । अहिलेकै अवस्थामा घाटा बढ्दै गएमा आगामी वर्ष निगमलाई यी चिनियाँ जहाज उडानबाट मात्रै १ अर्बभन्दा बढी घाटा हुने आँकलन गरिएको छ ।

आन्तरिक उडान गर्ने भनेर तामझामसहित भित्र्याइएका ६ थान चिनियाँ जहाज सञ्चालनको घाटाले अन्तर्राष्ट्रिय उडानबाट भएको आम्दानी यसैका लागि बेहोर्दैमा ठिक्क हुने देखिएको समाचार अाजकाेकाराेबार दैनिकमा छ ।

निगमले गत वर्ष एकथान एमए–६० बाट २४ करोड ८६ लाख ६३ हजार ९ सय ७० रुपैयाँ नोक्सानी बेहोरेको छ भने वाई–१२ ईबाट गत वर्ष ८ करोड ९७ लाख ३१ हजार ६९ रुपैयाँ घाटा बेहोरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू