अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२८ | Colorodo: 06:43

मोदीको चेतावनीका बारेमा राष्ट्रपतिलाई पूर्वप्रधानमन्त्रीको पत्र

बिआरटीनेपाल २०७५ वैशाख ३१ गते १०:०९ मा प्रकाशित

नयाँदिल्ली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राष्ट्रिय काँग्रेसलाई दिएको चेतावनीका बारेमा भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेख्नु भएको छ ।
प्रधानमन्त्री मोदीले कर्नाटकको हुब्लीमा दिएको भाषणका क्रममा बोलेको विषयलाई पूर्वप्रधानमन्त्री सिंहले खण्डन गर्नु भएको छ ।

कर्नाटकमा भएको निर्वाचनका क्रममा आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थका लागि प्रधानमन्त्री मोदीले शक्ति र अधिकारको दुरुपयोग गरेको सिंहको आरोप छ ।

गत मे महिनाको ६ तारिखमा हुब्लीमा भएको ¥यालीपछि आयोजित कार्यक्रममा मोदीले “काँग्रेसका नेताहरूले कान खोलेर सुन्नुस्, म मोदी हुँ, तपाइहरूले सीमा नाघेर अघि बढेमा त्यसको परिणाम भोग्नु पर्नेछ” भन्नुभएको थियो ।

मोदीको भनाइलाई पूर्वप्रधानमन्त्री डा सिंहले “शान्ति भाँड्ने दुरासयले आएको धम्की र त्रासपूर्ण अभिव्यक्ति” भन्नुभएको छ ।

“न हाम्रो पार्टी न हाम्रा कुनै नेता, कसैले पनि यस्तो तल्लोस्तरका धम्की दिने कुरालाई सहन सक्दैनन्,” सिंहले पत्रमा लेख्नु भएको छ ।

उहाँले पत्रमा भन्नुभएको छ, “कसैका विरुद्धमा चेतावनी दिने, धम्की दिने र त्रसित पार्ने अभिव्यक्ति दिँदा प्रधानमन्त्री मोदीले सावधानी अपनाउनु होला ।”

राष्ट्रपतिलाई बुझाइएको पत्रमा पूर्वप्रधानमन्त्री सिंह बाहेक काँग्रेंसको दुवै संसदीय दलका नेता र वरिष्ठ नेताहरू पी चितम्बरम्, अशोक गेलोट, अम्बिका सोनी, मुकुल वास्निक, मोतीलाल भोरा, कमलनाथ र अहमद पटेलले हस्ताक्षर गर्नु भएको छ । रासस/एएनआइ 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू